सुनसरी घटनामा सरकार गैरजिम्मेवार बनेको एमालेको आरोप
प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गैरजिम्मेवार भएको आरोप लगाउनुभएको छ । बिहीवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उक्त घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रमुख सचेतक महरले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतामाथि प्रहार…
