श्रीमतीको मृत्यु प्रकरणमा श्रीमान प्रहरी नियन्त्रणमा
काठमाडौँ । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ४१ वर्षीय यमबहादुर कुमालले आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमालमाथि दाउराको चिर्पट प्रयोग गरी आक्रमण गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी मुना अचेत अवस्थामा पुगेकी थिइन्। घटनाको…
