कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिरै ग्यास भरेर काठमाडौं ल्याइँदै
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा एलपीजी ग्यासको सम्भावित अभाव रोक्न उद्योगीहरूले वैकल्पिक व्यवस्था अघि बढाएका छन्। नेपाल आयल निगमको अनुमतिपछि उपत्यकाबाहिरका प्लान्टमा सिलिन्डर भरेर काठमाडौं ल्याउन थालिएको हो। नेपाल एलपी ग्यास उद्योग सङ्घले मकवानपुरका ट्रक व्यवसायीसँग समन्वय गर्दै ग्यास ढुवानीलाई सहज बनाउने प्रयास गरिरहेको जनाएको छ। सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार…
