तराईमा तातो लहरको जोखिम, पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिन थालेको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको छ भने अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण अहिले देशका पहाडी तथा हिमाली…
