खोलाले मोटरसाइकल बगाउँदा पाल्पाका दुई युवाको मृत्यु

पाल्पा । खोलाले मोटरसाइकल बगाउँदा पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका दुई युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र २३ वर्षीय प्रवीन पुनको खोलाले बगाएर मृत्यु भएको हो। उनीहरू लु २९ प ९८७६ नम्बरको मोटरसाइकलमा रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीतर्फ…

Read More

रसुवा बाढीको असर : बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात रोकियो, भारततर्फ पनि कटौती

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि नेपालबाट बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात रोकिएको छ। बाढीका कारण भारततर्फ हुँदै आएको विद्युत् निर्यातसमेत घटाउनुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। बंगलादेशमा विद्युत् बिक्रीका लागि सम्झौता भएका चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएपछि त्यहाँबाट उत्पादन हुने विद्युत् बंगलादेश…

Read More

बाढीपीडितको उद्धार र राहतमा सरकारको नेतृत्व आवश्यक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बाढीपहिरोबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै विपद्को सामना गर्न सरकारको प्रभावकारी नेतृत्व र समाजको सामूहिक सहयोग आवश्यक रहेको बताएका छन्। प्रभावित क्षेत्रको अवस्था अवलोकन गरेपछि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै थापाले विपद्को समयमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए। स्थलगत भ्रमणका…

Read More

इन्डोनेसियामा हप्तौँदेखि डढेलो, विषाक्त धुवाँले लाखौँ प्रभावित

इन्डोनेसिया। इन्डोनेसियामा हप्तौँदेखि फैलिएको भीषण डढेलोका कारण लाखौँ मानिस प्रभावित भएका छन्। जंगलमा लागेको आगोबाट निस्किएको बाक्लो धुवाँले सुमात्रा र बोर्नियो द्वीपको इन्डोनेसियाली भूभाग कालिमान्तानसहित आसपासका क्षेत्रको जनजीवन प्रभावित बनेको छ। लामो समयदेखि नियन्त्रणमा आउन नसकेको डढेलोका कारण वातावरणमा विषाक्त धुवाँ फैलिएको छ। धुवाँका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढेपछि हजारौँ मानिस अस्पताल भर्ना भएको जनाइएको छ।…

Read More

सिन्धुपाल्चोक र कास्कीमा भारी वर्षा, सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । पछिल्लो १२ घण्टामा देशका विभिन्न भू–भागमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोक र कास्कीका केही क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा मापन गरिएको छ। विभागका अनुसार सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा ६४.२ मिलिमिटर र भोताङमा ६१.४ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, कास्कीको घलेखर्कमा ५१.६ मिलिमिटर तथा मालेपाटनमा ४५ मिलिमिटर वर्षा मापन गरिएको…

Read More

रास्वपा सचिवालय बैठक आज, बाढी र राजनीतिक परिस्थितिबारे छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान १० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’मा बैठक बस्न लागेको हो। बैठकमा रसुवामा गएको बाढीबाट उत्पन्न परिस्थितिका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ। त्यसैगरी, पार्टीको आन्तरिक संगठनलाई थप सुदृढ बनाउने विषय र आगामी राजनीतिक तथा संगठनात्मक…

Read More

कोशी प्रदेशमा १ लाख ६३ हजारभन्दा बढी घर विपद्को जोखिममा

विराटनगर । कोशी प्रदेशमा बाढी, पहिरो तथा हिमताल विस्फोटनबाट आउने बाढीका कारण १ लाख ६३ हजार २ सय ९९ घर जोखिममा रहेको सरकारी प्रतिवेदनले देखाएको छ। तीमध्ये जोखिमयुक्त क्षेत्रमा रहेका १७ हजार ३ सय ३७ घरलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको प्रदेश सरकारको विपद् पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कार्ययोजनामा उल्लेख छ। आन्तरिक मामिला तथा…

Read More

प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न : आउनुहुन्छ, कसैलाई विश्वासमा नलिई फर्किनुहुन्छ, यो कस्तो तरिका हो?

काठमाडौं । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा दलको तर्फबाट धारणा राख्दै प्रचण्डले विपद्को समयमा संसद्मा सम्बोधन गर्नु सकारात्मक भए पनि प्रधानमन्त्रीले अन्य दल तथा आफ्नै सांसदहरूलाई समेत पर्याप्त रूपमा विश्वासमा लिन नसकेको टिप्पणी गरे। उनले विगतका अनुभव र…

Read More

सुरुङमा फसेकाको उद्धारमा ढिलाइप्रति आङ्देम्बेको प्रश्न, भने– ‘अमानवीय र गम्भीर विषय’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले विपद्का बेला सुरुङभित्र फसेका नागरिकको खोजी तथा उद्धारमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले यस्तो ढिलाइलाई अमानवीय र गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले अझै पनि विभिन्न जिल्लाका हजारौँ नागरिक सम्पर्कविहीन रहेको विवरण आउनु चिन्ताजनक भएको बताए। उनले ६२ जिल्लाका ३…

Read More

रसुवा विपद्पछि बालेनको ब्रिफिङ,उद्धारदेखि पुनर्निर्माणसम्म

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले खोज तथा उद्धार, राहत, उपचार र पुनःस्थापनालाई प्राथमिकतामा राखेर विभिन्न कदम अघि बढाएको प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभालाई जानकारी दिएका छन्। प्रधानमन्त्रीका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै सरकार सक्रिय भएको थियो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेर प्रभावित नागरिकको खोजी, उद्धार र राहतलाई तीव्र…

Read More
Back To Top
Modern Footer Design