भारततर्फ बगेर पुगेका थप शव फेला पर्ने क्रम जारी, संख्या १३ पुग्यो
काठमाडौं । नेपालमा आएको बाढीपछि भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव भेटिने क्रम जारी छ। कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा शव बरामद भइसकेका छन्। बरामद भएका शवमध्ये ६ जना पुरुष र ७ जना महिला रहेको प्रशासनले जनाएको छ। तीमध्ये ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ…
