संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन अनुमोदित, कानुन सुधारमा जोड
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गतको विश्वव्यापी आवधिक समीक्षा (युनिभर्सल पिरियडिक रिभ्यु–युपीआर) को चौथो चक्रमा नेपालको मानवअधिकार प्रतिवेदन औपचारिक रूपमा पारित भएको छ। जेनेभामा जुन ३०, २०२६ मा बसेको परिषद्को ६२औँ सत्रले प्रतिवेदन अनुमोदन गरेको हो। कार्यक्रममा नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि जेनेभास्थित स्थायी प्रतिनिधि राजदूत रामप्रसाद सुवेदी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मीहिर…
