शिक्षामन्त्री पोखरेल र रुसी राजदूतबीच भेटवार्ता, सहकार्य विस्तारबारे छलफल
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रुसी राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच शिष्टाचार भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र रुसबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय हितसँग जोडिएका विभिन्न विषयमा छलफल भएको बताइएको छ। भेटमा शिक्षा, खेलकुद तथा जनशक्ति विकासका क्षेत्रमा दुई देशबीच सहकार्यलाई थप प्रभावकारी बनाउने…
