आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको प्रभाव अझ बढ्ने देखिएको हो। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम…

Read More

ओलीको कटाक्ष सरकार उम्लिएको दूधजस्तै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकार अस्थिर र दिशाहीन देखिएको टिप्पणी गरेका छन्। बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सरकारले गरेका कामको मूल्यांकन जनताले गरिरहेको बताए। पत्रकारहरूले सरकारको सय दिनको उपलब्धिबारे बारम्बार प्रश्न गर्ने गरेको उल्लेख गर्दै…

Read More

सबै समूहमा गिरावट, नेप्से १९.६७ अंक घटेर २६०१ मा झर्‍यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पनि ओरालो लाग्दै १९.६७ अंकले घटेर २६०१.०१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ३० अंकले घटेको बजारले लगातार दोस्रो दिन पनि गिरावट कायम राखेको हो। कारोबार रकम पनि केही घटेको छ। बुधबार ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँमा…

Read More

विशेष शिक्षकलाई स्थायी शिक्षकसरह सेवा–सुविधा, एकमुष्ट सुविधा पनि पाउने व्यवस्था

काठमाडौँ । सरकारले विशेष शिक्षक दरबन्दीसम्बन्धी नयाँ व्यवस्था गर्दै उनीहरूको सेवा, सुविधा र नियुक्तिसम्बन्धी प्रावधान स्पष्ट गरेको छ। शिक्षा नियमावली (दशौँ संशोधन), २०८३ अनुसार विशेष शिक्षा परिषद्बाट स्वीकृत भएका शिक्षक दरबन्दी अब विशेष शिक्षक दरबन्दीका रूपमा रूपान्तरण हुनेछन्। नियमावलीअनुसार कायम भएका विशेष शिक्षक दरबन्दी राष्ट्रिय किताबखाना (शिक्षक)मा विशेष दरबन्दीका रूपमा दर्ता गरिनेछ। त्यस्ता पदमा शिक्षक…

Read More

फरार रहेका बलात्कार अभियुक्त पक्राउ

संखुवासभा । संखुवासभामा जबरजस्ती करणी (बलात्कार) मुद्दामा लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार पाँचखपन नगरपालिका–७ निवासी ५७ वर्षीय गंगा बहादुर राई (दुर्गा बहादुर राई) लाई बुधबार विशेष सुराकीका आधारमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार राई २०५५ सालमा २२…

Read More

रौतहटको नहरमा युवतीको शव फेला, घटनाबारे अनुसन्धान जारी

रौतहट । रौतहटको राजपुर नगरपालिका–३ स्थित डमारबाट फुतवा जाने सडक छेउको नहरमा एक युवतीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता (बसन्त गौतम)का अनुसार मृतक परोहा नगरपालिका–५ निवासी २४ वर्षीया मुस्कान खातुन हुन्।बिहीबार बिहान स्थानीयवासीले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिई पोस्टमार्टमका लागि…

Read More

सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा प्रश्न उठायो :सांसद खुस्बु ओली

काठमाडौँ । खुस्बु ओली ले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानसँग जोडिएको गम्भीर प्रश्न उठाएको भन्दै त्यसबारे संसदमै आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइका कारण आफूहरू यो विषय उठाउन बाध्य भएको बताइन्। उनका अनुसार यो कुनै राजनीतिक रहर नभई राष्ट्रिय हितका कारण उठाइएको विषय हो।…

Read More

२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन सुरु

कास्की। कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण गरिएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले परीक्षणस्वरूप विद्युत् उत्पादन सुरु गरेको छ।सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना २०७८ मङ्सिरदेखि निर्माण थालिएको थियो। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आवश्यक निरीक्षण र परीक्षण सम्पन्न गरेपछि आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा जोडिएको कम्पनीका निर्देशक दीपक बरालले जानकारी…

Read More

आज अधिकांश प्रदेशमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने

काठमाडौं। देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ औसत अवस्थामै रहेकाले देशभर यसको प्रभाव कायम छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम…

Read More

विष्णु पौडेलको हिरासत अवधि पुनः पाँच दिन थपियो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको हिरासत अवधि पुनः पाँच दिनका लागि थपिएको छ। विशेष अदालतले बुधबार अनुसन्धान जारी राख्न आवश्यक रहेको भन्दै चौथोपटक पाँच दिनको म्याद थप्ने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि म्याद माग गर्दै अदालतमा निवेदन…

Read More
Back To Top
Modern Footer Design