मस्कोमा युक्रेनको अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण, दर्जनौँ घाइते

काठमाडौँ । रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनले रुसी राजधानी मस्कोमाथि सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको जनाएको छ। प्राप्त विवरणअनुसार युक्रेनले मस्को क्षेत्रलाई लक्षित गर्दै करिब २०० वटा ड्रोन प्रहार गरेको थियो। आक्रमणपछि विभिन्न स्थानमा बाक्लो धुवाँ देखिएको बताइएको छ। मस्को क्षेत्रका गभर्नर एन्ड्रेई भोरोबियोफका अनुसार घटनामा कम्तीमा १७ जना घाइते भएका छन्। यता, रुसी रक्षा…

Read More

रास्वपाको विधानमा ‘वरिष्ठ नेता’ पद समेटिने, केन्द्रीय समिति पनि विस्तार हुने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘वरिष्ठ नेता’ पदलाई पार्टीको विधानमै समावेश गर्ने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त पदलाई औपचारिक रूपमा विधानमा राख्ने निर्णय गरेको हो। उक्त पद स्थानीय तह निर्वाचनअघि बालेन शाहलाई पार्टीमा भित्र्याउने प्रयासका क्रममा सिर्जना गरिएको थियो। त्यसबेला सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको व्यवस्था…

Read More

बयानका लागि बोलाइएपछि आरजु राणाको इमेल प्रतिक्रिया

काठमाडौँ । पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि बयान दिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेली गरेपछि पूर्वमन्त्री आरजु राणा देउवाले इमेलमार्फत आफ्नो जवाफ पठाएकी छन्। अख्तियारले बूढानीलकण्ठस्थित निवासमा तीन दिनभित्र उपस्थित हुन भन्दै म्याद तामेली गरेको थियो। त्यसपछि राणाले आफू हाल उपचारका लागि विदेशमा रहेको भन्दै तत्काल उपस्थित हुन नसक्ने जानकारी इमेलमार्फत गराएको स्रोतले…

Read More

सुर्खेतको झुप्रा खोलामा डुबेर युवकको मृत्यु

काठमाडौँ। सुर्खेतमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना निवासी २० वर्षीय मनोज ठाडा मगरको झुप्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। डुबेर अशक्त भएका उनलाई तत्काल उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर उपचारका क्रममा उनको ज्यान गएको हो।

Read More

नवप्रवर्तन मन्त्रालयले पायो पुनर्जीवनः मन्त्री पुन

काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइँदै ‘टुहुरो र वेवारिसे’ मन्त्रालयजस्तै व्यवहार गरिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले मन्त्रालयलाई नयाँ मानिए पनि यो २०५३ सालमै स्थापना भएको स्पष्ट पारे। उनका अनुसार मन्त्रालय विभिन्न समयमा कहिले एउटा मन्त्रालयसँग त कहिले अर्को मन्त्रालयसँग गाभिँदै…

Read More

रास्वपा मधेश विवादमा सभापति लामिछानेको छलफल, संगठनभित्र असन्तुष्टि उजागर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशमा अधिवेशन प्रक्रिया अवरुद्ध भएको विषयमा प्रदेश सांसदहरूसँग छलफल गरेका छन्। बुधबार बिहान भएको छलफलमा सांसदहरूले मधेश प्रदेश सभापति तपेश्वर यादवको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संगठन सञ्चालनमा एकल निर्णय र मनलाग्दी गतिविधि भएको गुनासो गरेका थिए। केही सांसदहरूले यादवलाई मधेशमा ‘सानो उपेन्द्र यादव’ जस्तो शैली अपनाउन…

Read More

आन्तरिक उडानमा बढ्यो छुट अफरको प्रतिस्पर्धा

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेसँगै विश्वका धेरै एयरलाइन्सले भाडादर वृद्धि गरिरहेका बेला नेपालका आन्तरिक वायुसेवा कम्पनीहरू भने यात्रु तान्न विभिन्न छुट योजनासहित प्रतिस्पर्धामा उत्रिएका छन्। मलमास र वर्षायामका कारण यात्रुको संख्या घटेपछि बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सलगायत कम्पनीहरूले वेबसाइट, मोबाइल एप तथा डिजिटल माध्यममार्फत विशेष छुट योजना सार्वजनिक गरेका हुन्।…

Read More

देशभर टेलिकम सेवा विस्तार, १६ सय टावर थपिने तयारी: विक्रम तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न करिब १६ सय नयाँ टेलिफोन टावर तथा साइट निर्माणको प्रक्रिया अघि बढाइएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा गुणस्तर कमजोर रहेको स्वीकार गर्दै सुधारका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताए।…

Read More

राहदानी छपाइ अनियमितता प्रकरणमा दुई जना पक्राउ

काठमाडौँ । राहदानी छपाइमा अनियमितता भएको प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मनी कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ललाई पक्राउ गरेको हो। यसअघि पनि अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई पक्राउ गरिसकेको थियो। हालसम्म यो प्रकरणमा पक्राउ पर्नेहरूको संख्या…

Read More

श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ, सभामुखद्वारा सांसदहरूलाई सचेत

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन्। बुधबार विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले थप स्पष्टीकरण माग्ने प्रयास गरेका थिए। तर सभामुख डोलप्रसाद अर्यालले उनलाई रोकेका थिए। त्यसपछि पार्टीका सांसदहरूले वेल घेराउ गरेका हुन्। स्थिति नियन्त्रणमा लिन सभामुख अर्यालले…

Read More
Back To Top
Modern Footer Design