भन्सार छली ल्याइएका १७ लाख ५६ हजार रुपैयाँभन्दा बढीका सामान बरामद
काठमाडौँ। सशस्त्र प्रहरीको नियमित गस्ती टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याएर राखिएका करिब १७ लाख ५६ हजार रुपैयाँ बराबरका मोबाइल पार्ट्स र कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको हो। भारतबाट भन्सार नतिरी ल्याइएका ती सामान छाडेर दुई जना व्यक्ति फरार…
