चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सञ्चालन
चितवन। वर्षायामका कारण बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी पुनः सञ्चालनमा आएको छ। असार १७ गतेदेखि रोकिएको सफारी सेवा असोज २३ गतेदेखि सुरु गरिएको निकुञ्जले जनाएको छ। वर्षाका कारण निकुञ्जभित्रका सडक बिग्रिएपछि सफारी सेवा बन्द गरिएको थियो। बाढीले क्षति पुर्याएका सडक मर्मत, ढलेका रूख हटाउने तथा झाडी सफा गर्ने काम सम्पन्न भएपछि सफारी सञ्चालनमा…
