Nanglevare Nanglevare

चार दिनपछि सुनको भाउ घट्यो

काठमाडौँ । नेपाली बजारमा लगातार चार दिन बढेको सुनको मूल्य मंगलबार भने सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा आज…

Read More

प्रतिनिधिसभाको बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौं । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएपछि स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बैठकको नयाँ मिति र समय तय गरेको जनाएको छ। सभामुखले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) अनुसार बैठकको समय परिवर्तन गरेका हुन्। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा…

Read More

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले आईपीओको दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीले सर्वसाधारणतर्फ कुल ८ लाख ६३ हजार…

Read More

टाइफुन नाराको प्रभावले दक्षिण चीनमा बाढी, करिब ४ हजार नागरिकको उद्धार

काठमाडौं । टाइफुन नाराको प्रभावका कारण दक्षिण चीनको ग्वाङ्सी प्रान्तमा भीषण बाढी आएको छ। बाढीका कारण प्रभावित क्षेत्रका करिब ४ हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। ग्वाङ्सीको फाङचेनगाङ सहरअन्तर्गत साङ्सी काउन्टीमा बाढीले जनजीवन प्रभावित भएपछि उद्धार टोलीलाई चौबीसै घण्टा परिचालन गरिएको छ। टाइफुनको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले शनिबार राति उक्त क्षेत्रमा दोस्रो तहको…

Read More

संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। दुवै सदनका बैठकमा विभिन्न विधेयक तथा प्रस्तावमाथि छलफल र प्रक्रिया अघि बढाउने कार्यसूची रहेको छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, मन्त्री…

Read More

देशभर मनसुनी प्रभाव कायमै, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने देखिएको छ। महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज…

Read More

आजको राशिफल

काठमाडौँ । आज २०८३ साल भदौ ९ गते मंगलबार। आज शुक्ल पक्ष त्रयोदशी तिथि रहेको छ। ज्योतिषीय मान्यताअनुसार आज विभिन्न राशिका जातकका लागि दिन मिश्रित रहनेछ। मेष: काममा उत्साह बढ्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुनसक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। वृष: रोकिएका काम अघि बढ्नेछन्। परिवारबाट सहयोग मिल्नेछ। खर्चमा भने सावधानी अपनाउनु राम्रो हुनेछ। मिथुन: कार्यक्षेत्रमा नयाँ…

Read More

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा ५७ मत परेको हो । मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका थिए । कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना सदस्य रहेकामा दुवै दलका सबै सदस्यले…

Read More

प्रधानमन्त्रीको भ्रमणबारे हर्क राईको प्रश्न ‘के खान जानुभएको ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणप्रति प्रश्न उठाउँदै त्यसबारे संसद्मा स्पष्ट जानकारी दिन माग गरेका छन् । उनले प्रधानमन्त्रीको भ्रमण पूर्ण रूपमा निजी हुन नसक्ने दाबी गर्दै भ्रमणको उद्देश्यबारे सदनलाई जानकारी गराउनुपर्ने बताएका हुन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीसँग सरकारी सुरक्षा संयन्त्रसमेत…

Read More

कैलाली बस दुर्घटनामा दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले शनिबार साँझ करिब ४ः४५ बजे कैलालीको गोदावरी नगरपालिका–२ नजिकै महाकाली यातायातको गाडीले बझाङको मष्ट गाउँपालिका–६ की सिङ्की बोहरालाई ठक्कर दिएको…

Read More
Back To Top
Modern Footer Design