Nanglevare Nanglevare

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै

काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव अझै कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा…

Read More

आजको राशिफल : केही राशिलाई लाभको संकेत, कतै निर्णय गर्दा सावधानी अपनाउनुपर्ने

काठमाडौं। आजको दिन विभिन्न १२ राशिका व्यक्तिका लागि फरक–फरक सम्भावना देखिन्छ। ज्योतिषीय मान्यताअनुसार केही राशिका व्यक्तिलाई कार्यक्षेत्र, आर्थिक गतिविधि र पारिवारिक सम्बन्धमा सकारात्मक परिणाम मिल्न सक्छ भने केहीले महत्वपूर्ण निर्णय लिँदा संयम र सावधानी अपनाउनुपर्ने देखिन्छ। मेष: आज बोल्दा विचार पुर्‍याउनु उचित हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा सहकार्यको वातावरण बन्न सक्छ। परिवारलाई पर्याप्त समय दिन…

Read More

राप्रपालाई नयाँ ढंगले पुनर्गठन गर्दै अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरी नयाँ उत्साह र योजनासहित अघि बढाउनुपर्ने बताएका छन्। उनले आगामी महाधिवेशनलाई नियमित प्रक्रिया पूरा गर्ने कार्यक्रमका रूपमा मात्र नभई पार्टीको भविष्य बदल्ने महत्वपूर्ण अवसर बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै…

Read More

विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। बैठकमा विश्वका विभिन्न देशका अर्थमन्त्रीहरूको सहभागिता रहनेछ। सोही अवसरमा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा भाग लिने कार्यक्रम रहेको छ। अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थसचिव…

Read More

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर मंगलबार स्वदेश फर्किएका छन्। सभामुख अर्याल असोज १८ गते महासभामा भाग लिन तान्जानियातर्फ प्रस्थान गरेका थिए। तान्जानियाको अरुषा सहरमा अक्टोबर ५ देखि ९ सम्म अर्थात् असोज १९ देखि २३ गतेसम्म महासभा आयोजना गरिएको थियो। उक्त महासभामा सभामुख अर्यालसँगै उनकी धर्मपत्नी…

Read More

खगेन्द्र सुनार फेरि विवादमा, अदालतमा तीन मुद्दा विचाराधीन हुँदा धम्कीपूर्ण अडियो प्रकरणले बढायो दबाब

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार फेरि विवादमा तानिएका छन्। एक महिलालाई अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठ्न थालेका हुन्। यस प्रकरणलाई लिएर रास्वपाले छानबिन प्रक्रिया अघि बढाएको छ। रास्वपाका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सुनारसँग सम्बन्धित अडियो र उनीमाथि…

Read More

कूटनीतिक नियोगलाई आर्थिक उपलब्धि हासिल गर्ने केन्द्र बनाउन सांसद अर्यालको सुझाव

काठमाडौं । जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरू जोशीको कार्ययोजनामाथि संसदीय सुनुवाइ समितिमा छलफल भएको छ। मंगलबार भएको छलफलमा सांसदहरूले नेपाल र जर्मनीबीचको व्यापार विस्तार, नेपाली श्रमिकको सुरक्षा र जर्मन लगानी नेपाल भित्र्याउने विषयमा ठोस योजना प्रस्तुत गर्न सुझाव दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले जर्मनीसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा…

Read More

सुन र चाँदी दुवैको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो। महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ…

Read More

लिग–२ क्रिकेट : नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मैदानमा सुरु हुनेछ। शृङ्खलाको आफ्नो दोस्रो खेलमा मैदान उत्रिन लागेको नेपालले यसअघि आइतबार भएको खेलमा क्यानडालाई पराजित गरेको थियो। उक्त खेलमा नेपाली ब्याटर रोहित…

Read More

पोखरा, भरतपुर र लुम्बिनीलाई जोडेर ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धन गरिँदै

पोखरा । नेपालका तीन प्रमुख पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई एउटै पर्यटन सञ्जालमा जोडेर प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई अघि बढाइएको छ। पर्यटन विकास, प्रचारप्रसार र आपसी सहकार्यलाई प्रभावकारी बनाउने लक्ष्यका साथ तीनवटै स्थानीय तहले यससम्बन्धी योजना कार्यान्वयनमा सक्रियता देखाएका छन्। पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भएको समझदारीलाई कार्यान्वयन गर्ने…

Read More
Back To Top
Modern Footer Design