बाढी–पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा गर्दा सावधानी अपनाउन आग्रह
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सडकसहित कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। काठमाडौँ प्रवेश तथा बाहिरिने प्रमुख मार्गका रूपमा रहेको नागढुंगा–मुग्लिन सडकखण्ड बाढीको जोखिमलाई मध्यनजर गर्दै भदौ १० गते बिहान…
