Nanglevare Nanglevare

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न तथ्य र अनुसन्धानमा आधारित नीति चाहिन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न अनुसन्धान र तथ्यमा आधारित नीति निर्माण गर्नुपर्ने बताएका छन्। उनले देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहिरो अध्ययन गरेर मात्रै भविष्यका लागि उपयुक्त योजना बनाउन सकिने धारणा राखेका हुन्। एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा…

Read More

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्यो, दुई महिनामै ९३ अर्ब ५२ करोड प्रवाह

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाह बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २३ अर्ब ५८ करोड रुपैयाँ रहेको कर्जा प्रवाह भदौमा बढेर ९३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। भदौ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जा १.६ प्रतिशतले बढेर ५९ खर्ब…

Read More

अमेरिकामा हिन्दु मन्दिरमा सामूहिक गोलीबारीको षड्यन्त्र गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

काठमाडौं । अमेरिकाको इलिनोय राज्यमा रहेको हिन्दु मन्दिरमा सामूहिक गोलीबारी गर्ने षड्यन्त्र गरेको आशङ्कामा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। प्रहरीले उनको घरबाट राइफल, गोली भरिएका म्यागजिन र सयौँ राउन्ड कारतुससमेत बरामद गरेको छ। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार इलिनोयको ओरोरा क्षेत्रमा रहेको हिन्दु मन्दिर सम्भावित आक्रमणको निशानामा रहेको आशङ्का गरिएको छ। माउन्ट प्रोस्पेक्ट…

Read More

विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न अर्थमन्त्री वाग्लेको एडिबीलाई आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछि नेपालको पुनरुत्थान तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन एसियाली विकास बैंक (एडिबी)सँग आग्रह गरेका छन्। थाइल्याण्डको बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री वाग्लेले एडिबीका अध्यक्ष मासातो कान्दासँगको भेटमा यस्तो आग्रह गरेका हुन्। भेटका क्रममा उनले विपद्पछिको पुनरुत्थान, जलवायु…

Read More

कुरटपिट हुँदा १८ वर्षीय किशोरको ज्यान गयो

काठमाडाैँ । काठमाडौंको कलंकीमा भएको कुटपिटमा परी १८ वर्षीय किशोरको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार दिउँसो आपसी विवादका क्रममा कुटपिट हुँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का रोशन पाख्रिन गम्भीर घाइते भएका थिए। बेहोस अवस्थामा रहेका उनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल…

Read More

चार दिनमै सुनको मूल्य तोलामा ८ हजारभन्दा बढीले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। पछिल्लो चार दिनमा मात्रै सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार घटेर २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको हो। बिहीबार मात्रै सुनको…

Read More

बडादसैँको पाँचौँ दिन आज स्कन्दमाता भगवतीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज देशभर स्कन्दमाता भगवतीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। दुर्गाका नौ स्वरूपमध्ये पाँचौँ स्वरूपका रूपमा स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा रहेको छ। वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन घरका पूजाकोठा तथा दसैँघरमा स्कन्दमाताको पूजा आराधना गर्ने गर्छन्। नवरात्रका अवसरमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा…

Read More

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसहित पानी पर्ने

काठमाडौं। नेपालबाट मनसुन बाहिरिए पनि पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहँदा देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्ने पूर्वानुमान गरेको…

Read More

आजको राशिफल

काठमाडौँ । आज वि.सं. २०८३ साल असोज २९ गते बिहीबार, ईस्वी संवत् २०२६ अक्टोबर १५ तारिख। नेपाल संवत् ११४६ कौलाथ्व पञ्चमी अर्थात् आश्विन शुक्लपक्षको पञ्चमी तिथि रहेको छ। आज ज्येष्ठा नक्षत्र र सौभाग्य योग परेको छ। राति १ बजेर ४३ मिनेटपछि षष्ठी तिथि प्रारम्भ हुने पञ्चाङ्गमा उल्लेख छ। आज बडादसैँको पाँचौँ दिन स्कन्दमाता माताको पूजा…

Read More

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका थिए। बेलायत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोली वाल्करसहित उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए। उक्त भेटमा दुई देशबीचको सैनिक सम्बन्ध र…

Read More
Back To Top
Modern Footer Design