कर्णाली नदी दुर्घटना स् थप दुई जनाको शव फेला, मृतक संख्या तीन पुग्यो
दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली नदीमा गाडी खस्दा बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ। बिहीबार साँझ शव भेटिएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार आफन्तले घटनास्थलमै पुगेर शवको सनाखत गरी जिम्मा लिइसकेका छन्। मृतकको पहिचान कालिकोट पचालझरना गाउँपालिका–९…
