कर्णालीमा खसेको गाडीका बेपत्ता सहचालकको शव अछाममा भेटियो
दैलेख।दैलेखमा कर्णाली नदीमा खसेको यात्रुवाहक गाडीका बेपत्ता सहचालकको शव अछाममा फेला परेको छ। दुर्घटनापछि हराइरहेका सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँ निवासी करिब ३१ वर्षीय रामप्रसाद सुवेदी मृत अवस्थामा भेटिएका हुन्। दैलेख प्रहरीका अनुसार शनिबार बिहान करिब ७ बजे अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा फेला परेको शवको पहिचान दिउँसो उनका बुवाले गरेका थिए। यो दुर्घटनामा…
