Nanglevare Nanglevare

रोहित, दीपेन्द्र र देवको अर्धशतक, ओमानलाई नेपालको २८१ रनको लक्ष्य

काठमाडौं । रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालको अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रनको…

Read More

भोटेकोशी बाढीको पीडा : बर्दियाका पाँच परिवारको दसैँ शोक र प्रतीक्षामै

बर्दिया । दसैँको उल्लासले गाउँबस्ती रमाइरहेका बेला बर्दियाको राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवार भने शोकमा डुबेका छन् । रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि ती परिवारका लागि यस वर्षको दसैँ खुसीभन्दा बढी पीडा र प्रतीक्षाको समय बनेको छ । घरमा जमरा राखिएको छ, कुलदेवताको पूजा पनि भइरहेको छ । तर परिवारका सदस्य…

Read More

नारायणगढमा ट्राफिक लाइटको तार चोरी, सञ्चालनमा थप ढिलाइ हुने

चितवन । चितवनको नारायणगढस्थित शहीदचोकमा जडान गरिएका ट्राफिक लाइटका केबल चोरी भएपछि परीक्षण तथा सञ्चालन प्रक्रिया प्रभावित भएको छ । तार काटेर चोरी गरिएपछि ट्राफिक लाइट सञ्चालनका लागि नयाँ केबल जडान गर्नुपर्ने भएको छ । ट्राफिक लाइट जडानको जिम्मा पाएको एभरेस्ट टु सी अमर ज्योति जेभीले घटनाबारे प्रहरीमा उजुरी दिएको छ । प्रहरीले घटनामा संलग्न…

Read More

महिलामाथि गोली प्रहार गरी भारत फरार भएका अन्सारी नवलपरासीबाट पक्राउ

बुटवल । रुपन्देहीको बुटवलमा महिलामाथि गोली प्रहार गरी भारततर्फ फरार भएका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २६ वर्षीय सितारे आलम अन्सारी रहेका छन्। उनलाई विशेष सूचनाका आधारमा कात्तिक १ गते नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, विलासपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्सारीले २०८२ वैशाख ६ गते बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा नास्ता पसल…

Read More

काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित तीन जना घाइते

काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रोबस सोमबार बिहान करिब २ बजे सडकबाट झन्डै २०० मिटर तल खसेको हो। दुर्घटनामा इलाम नगरपालिका–६ का ३७ वर्षीय चालक लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की…

Read More

पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा…

Read More

आजको राशिफल

काठमाडौँ । वि.सं. २०८३ साल कार्तिक २ गते, सोमबार। इस्वी संवत् २०२६ अक्टोबर १९ तारिख। नेपाल संवत् ११४६। शाके १९४८। शरद ऋतु। आश्विन शुक्ल पक्षको अष्टमी तिथि बिहान करिब ७ बजेर ५३ मिनेटपछि नवमी तिथि प्रारम्भ हुनेछ। नक्षत्र उत्तराषाढा र त्यसपछि श्रवण रहनेछ। योग धृति रहेको छ मेष (चु, चे, चो, ला, लि, लु, ले,…

Read More

महाअष्टमीमा सुनसान बने काठमाडौंका सडक, सवारी चाप घट्यो

काठमाडौं । बडादसैँअन्तर्गत महाअष्टमीका दिन काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको चाप घटेको छ। दसैँ मनाउन सर्वसाधारण आ–आफ्नो जन्मथलो फर्किएसँगै उपत्यकाका सडकमा चहलपहल कम देखिएको हो। नवरात्रका अन्य दिनको तुलनामा आइतबार महाअष्टमीका दिन उपत्यकाका सडकमा न्यून संख्यामा सवारीसाधन सञ्चालनमा रहेका छन्। दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको संख्या बढेपछि राजधानीका सडकमा सवारी चाप घटेको हो। सवारीसाधनको चाप…

Read More

दसैँ मनाउन काठमाडौँ उपत्यका छाड्नेको संख्या करिब ५ लाख पुग्यो

काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्किने यात्रुको संख्या बढ्दै गएको छ। घटस्थापनादेखि महाअष्टमीसम्म करिब ५ लाख यात्रुले उपत्यका छाडिसकेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि आइतबारसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्। महाअष्टमीका दिन पनि घर फर्किने यात्रुको चाप उल्लेख्य…

Read More

सिन्धुली सुमो दुर्घटना : मृतक तीनमध्ये एकको सनाखत, तीन जना अझै बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सुनकोशी नदीमा टाटा सुमो खस्दा मृत्यु भएका तीन जनामध्ये एक जनाको पहिचान खुलेको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। आइतबार बिहान काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो सुनकोशी नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालयका…

Read More
Back To Top
Modern Footer Design