इराकमाथि सहज जित निकाल्दै फ्रान्स अन्तिम १६ मा
फिलाडेल्फिया। साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। फिलाडेल्फियामा सम्पन्न खेलमा फ्रान्सले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। खेलको १४औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफपछि भारी वर्षाका कारण खेल करिब दुई घण्टा रोकिएको…
