Nanglevare Nanglevare

स्कटल्यान्डलाई हराउँदै मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

बोस्टन । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक प्रतिस्पर्धामा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। बोस्टन स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा सुरुआतमै गरिएको गोल नै मोरक्कोको जितका लागि निर्णायक बन्यो। खेलको दोस्रो मिनेटमै इस्माइल साइबारीले ब्राहिम डियाजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गरे। उक्त गोलपछि दुवै…

Read More

हिरासत मृत्युबारे छानबिन प्रतिवेदन सार्वजनिक, कुटपिट पुष्टि भएनः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्माको घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनमा प्रहरीले कुटपिट गरेको प्रमाण नदेखिएको बताएका छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा सदस्य भुवनबहादुर सुनारले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले छानबिन प्रतिवेदनअनुसार हिरासतमा रहेका बेला विश्वकर्मामाथि कुनै शारीरिक वा मानसिक यातना दिइएको पुष्टि नभएको जानकारी दिए। उनले उक्त…

Read More

चलचित्र समाजको समय र संस्कृतिको दस्तावेज हो: मन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले चलचित्रलाई केवल मनोरञ्जनको माध्यम नभई समाजको सामूहिक स्मृति, संस्कृति र समयको दस्तावेजका रूपमा व्याख्या गरेका छन्। शुक्रबार चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा बोल्दै उनले कुनै देशलाई बुझ्न चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। उनका अनुसार चलचित्रले समाजको यथार्थ, सांस्कृतिक पहिचान…

Read More

विकास निर्माणलाई गति दिन सार्वजनिक खरिद अध्यादेश ल्याइएको हो: मन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विकास निर्माणका कामलाई सहज र तीव्र बनाउन सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता हटाउन अध्यादेश ल्याइएको बताएकी छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद खड्गबहादुर विश्वकर्माले सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३ अस्वीकार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले उक्त स्पष्टिकरण दिएकी हुन्।…

Read More

जनमुखी र उत्पादनमुखी बजेट ल्याउन सरकारको प्रयास:सांसद पराजुली

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सरकारले सीमित समयमै जनहित, आर्थिक सुधार र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा आर्थिक विधेयक ल्याउने प्रयास गरेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा सहभागी हुँदै उनले सबै पक्षका अपेक्षा शतप्रतिशत सम्बोधन गर्न सम्भव नभए पनि देश निर्माण र आर्थिक सुदृढीकरणलाई केन्द्रमा राखेर बजेट…

Read More

उपकुलपति नियुक्तिमा राजनीतिक प्रभाव अझै बाँकीः सांसद बराल

काठमाडौँ। नेकपा (एमाले)का सांसद गुरु प्रसाद बरालले सरकारले हालै लागू गरेको विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधिले अपेक्षाअनुसार राजनीतिक हस्तक्षेप कम गर्न नसक्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कार्यविधिले खुला प्रतिस्पर्धा, प्राज्ञिक योग्यता र अनुसन्धानलाई प्राथमिकता दिने दाबी गरे पनि व्यवहारमा राजनीतिक प्रभाव अझै रहने अवस्था देखिएको बताए। बरालका अनुसार छनोट समितिले…

Read More

संसद्‌मा आज पनि विपक्षी दलको अवरोध

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा शुक्रबार पनि विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका छन्। बैठक सुरु भएको घोषणा सभामुख डोलप्रसाद अर्यालले गरेलगत्तै विपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। लगातारको अवरोधपछि सभामुखले विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराएका छन्। विपक्षी दलले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै पछिल्ला दिनदेखि संसद् बैठकमा विरोध गर्दै आएका छन्।

Read More

अमेरिका–इरान सम्झौतापछि सामुद्रिक नाकाबन्दी अन्त्य, क्षेत्रीय शान्तिको नयाँ आशा

अमेरिका । मध्यपूर्वमा लामो समयदेखि जारी तनाव र द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण सहमति भएपछि अमेरिकाले इरानमाथि लागू गर्दै आएको सामुद्रिक नाकाबन्दी हटाएको छ। यस कदमलाई क्षेत्रीय स्थायित्वतर्फको महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार नाकाबन्दी समाप्त गरिएको पुष्टि गरेको छ। यद्यपि, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै केही…

Read More

कतारमाथि क्यानडाको गोल वर्षा, विश्वकप इतिहासमै पहिलो जित

भ्यानकुभर । सहआयोजक क्यानडाले फिफा विश्वकप–२०२६ मा कतारलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा मात्र होइन, विश्वकप इतिहासमै पहिलो जित दर्ता गरेको छ। भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा घरेलु समर्थकको उत्साहपूर्ण उपस्थितिबीच क्यानडाले सुरुदेखि नै खेलमाथि पकड जमाएको थियो। आक्रमण र अवसर सिर्जनामा प्रभावशाली देखिएको क्यानडाले कतारलाई कुनै पनि चरणमा खेलमा फर्किने मौका दिएन।खेलको १६औँ…

Read More

दक्षिण अफ्रिकाको पुनरागमन, चेकियासँग १–१ को बराबरी

एटलान्टा । तेबोहो मोकोएनाले खेलको अन्तिम चरणमा पेनाल्टीमार्फत गोल गरेपछि दक्षिण अफ्रिकाले फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेकियासँग १–१ को बराबरी खेलेको छ। एटलान्टामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा चेकियाले सुरुआतमै अग्रता बनाएर दक्षिण अफ्रिकामाथि दबाब सिर्जना गरेको थियो। प्रशिक्षक मिरोस्लाभ कोउबेकको योजनाअनुसार आक्रामक सुरुवात गरेको चेकियाले खेलको छैटौँ मिनेटमै गोल निकाल्न सफल भयो। एडम…

Read More
Back To Top
Modern Footer Design