देशभर मनसुन सक्रिय, आज यी क्षेत्रमा मेघगर्जनसहित वर्षा र केही स्थानमा भारी पानी पर्ने सम्भावना
काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले बुधबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा औसतभन्दा दक्षिणतर्फ तथा पश्चिमी भागमा औसत स्थानकै आसपास रहेकाले देशभर यसको प्रभाव कायम रहेको हो। हाल देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली…
