प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न : आउनुहुन्छ, कसैलाई विश्वासमा नलिई फर्किनुहुन्छ, यो कस्तो तरिका हो?
काठमाडौं । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा दलको तर्फबाट धारणा राख्दै प्रचण्डले विपद्को समयमा संसद्मा सम्बोधन गर्नु सकारात्मक भए पनि प्रधानमन्त्रीले अन्य दल तथा आफ्नै सांसदहरूलाई समेत पर्याप्त रूपमा विश्वासमा लिन नसकेको टिप्पणी गरे। उनले विगतका अनुभव र…
