दसैं यात्राको चापले नयाँ बसपार्कमा मोबाइल नेटवर्क प्रभावित

काठमाडौं । दसैं मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेसँगै काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा मोबाइल फोनको नेटवर्कमा समस्या देखिन थालेको छ। यात्रुको संख्या बढ्दा टेलिकम सेवामा दबाब परेको भन्दै सेवा प्रदायकको क्षमता विस्तार गर्न पहल थालिएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले नेपाल टेलिकमसहित अन्य मोबाइल सेवा प्रदायकलाई नेटवर्क क्षमता बढाउन आग्रह गर्ने निर्णय…

Read More

एकल महिलाले पुनः विवाह गर्दा अंश फिर्ता गर्नुपर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

काठमाडौं । एकल महिलाले पुनः विवाह गरेपछि पहिलो श्रीमान्को सम्पत्तिबाट प्राप्त गरेको अंश फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) संविधानसँग बाझिएको ठहर गर्दै उक्त प्रावधान अमान्य घोषित गरेको हो। महिला कानून तथा विकास मञ्चसहित तीन संस्थाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक…

Read More

कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेका बेला शर्माले वरिष्ठ उपसभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। शर्माको उम्मेदवारी भने वारेसमार्फत दर्ता गरिएको हो। पुष्पराज पौडेलले शर्माको तर्फबाट निर्वाचन कार्यालय पुगेर वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका…

Read More

कांग्रेस उपसभापतिमा समावेशी समूहबाट विनोद चौधरीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्यमी विनोद चौधरीले उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। चौधरीले समावेशी समूहअन्तर्गत उपसभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदै गर्दा विभिन्न पदमा आकांक्षीहरूले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ। यही क्रममा…

Read More

सामुदायिक विद्यालयमध्ये ८५.४ प्रतिशतमा पुग्यो इन्टरनेट सुविधा

काठमाडौं । नेपालका सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार हुँदै गएको देखिएको छ। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदनअनुसार देशभरका ८५.४ प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा पुगेको छ। प्रतिवेदनले विद्यालय शिक्षामा प्रविधिको प्रयोग र पहुँच क्रमशः बढ्दै गएको देखाएको हो। इन्टरनेट सुविधासँगै विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रयोगका लागि…

Read More

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यले जिम्मा दिएको गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा बाहिर पुर्‍याउने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन्। अवकाशको तयारीमा रहेका सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट गरेको विषयमा निलम्बन गरी छानबिन अघि बढाइएपछि गृहमन्त्री गुरुङले यस्तो धारणा सार्वजनिक गरेका हुन्। असोज ११ गते पूर्वप्रधानन्यायाधीश जबरा…

Read More

मनसुनीसँगै पश्चिमी वायुको प्रभाव, देशका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायु पनि सक्रिय रहेकाले मंगलबार देशका अधिकांश स्थानमा मौसम बदली रहने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना छ भने केही हिमाली भूभागमा हिमपातसमेत हुनसक्नेछ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी…

Read More

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आगामी साता भारत भ्रमणमा जाने भएका छन्। बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलोपटक आयोजना हुन लागेको बैठकमा सहभागी हुन उनी नयाँदिल्ली जान लागेका हुन्। गृह मन्त्रालय तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते भारत प्रस्थान गर्ने कार्यक्रम छ। गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ।…

Read More

भोटेकोशी–त्रिशूली बाढी : अत्यावश्यकबाहेक खोजी तथा उद्धार रोक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि जारी खोजी तथा उद्धार अभियानलाई तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ। तर, अत्यावश्यक अवस्थामा भने खोजी तथा उद्धारको काम जारी रहनेछ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले अब पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई प्राथमिकताका साथ…

Read More

पार्टीको भावी दिशा तय गर्न गगन थापाले अघि सारे तीन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशा स्पष्ट गर्न तीन वटा महत्वपूर्ण प्रस्ताव अघि सारेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार जारी बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत थापाले पार्टीले अब आफ्नो भूमिका र विगतका कमजोरीबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका हुन्। थापाले नेपाली कांग्रेस निर्वाचन जितेर सरकार बनाउने वा गठबन्धन व्यवस्थापन…

Read More
Back To Top
Modern Footer Design