दसैंको अग्रिम टिकटबारे मंगलबार यातायात व्यवसायीसँग छलफल

काठमाडौं । दसैं नजिकिँदै गए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङबारे स्पष्ट निर्णय नहुँदा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रु अन्योलमा परेका छन्। यसै विषयमा यातायात व्यवस्था विभागले मंगलबार यातायात व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ। विभागले मंगलबार बिहान दसैंका लागि अग्रिम टिकट बुकिङको व्यवस्था, यात्रुको चाप तथा यातायात व्यवस्थापनलगायत विषयमा छलफल गर्न बैठक बोलाएको…

Read More

कांग्रेसको केन्द्रीय समिति २३२ सदस्यीय, ६१ जना मनोनीत हुने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट गठन हुने केन्द्रीय समितिको आकार टुंगो लगाएको छ। सोमबार महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले २३२ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार केन्द्रीय समितिमा १७१ जना निर्वाचनबाट चयन हुनेछन् भने ६१ जना मनोनीत गरिनेछन्। निर्वाचित हुनेमध्ये प्रत्यक्ष खुलातर्फ ४५ जना र महिलातर्फ १२ जना रहनेछन्। त्यस्तै,…

Read More

बाजुरामा विद्युत्को पोलमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी । बाजुरामा विद्युत्को पोलमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केसी बुधबार घरबाट बाहिरिएका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवार तथा आफन्तले उनको खोजी सुरु गरेका थिए। खोजीका क्रममा उनलाई सोही वडास्थित परिवन सामुदायिक वन क्षेत्रमा…

Read More

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज खुलामञ्चमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार काठमाडौंको खुलामञ्चमा बस्ने भएको छ। पार्टीको १५औँ महाधिवेशन स्थलमै बिहान १० बजे बैठक आयोजना गर्न लागिएको हो। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठकको जानकारी गराएका छन्। उनले केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन…

Read More

पहाड र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । सोमबार देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा वर्षा तथा हिमपातसमेत हुनसक्ने देखिएको छ। हाल नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनीका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव बढी देखिएको छ।…

Read More

संसद् र पार्टीभित्रै खुलापन आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई बलियो बनाउन संसद् र राजनीतिक दलभित्र खुला संवादको वातावरण आवश्यक रहेको बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले जनताका प्रश्न, असहमति र विचार राख्ने ठाउँ साँघुरिँदै गएकाले देशभर खुला संवादका थलो आवश्यक रहेको धारणा राखे। दश वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना भएको प्रसंग उल्लेख…

Read More

क्यान सदस्यमा गुन्जन शाह ठकुरी मनोनीत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गुन्जन शाह ठकुरीलाई नेपाल क्रिकेट संघ (क्यान)को सदस्यमा मनोनीत गरेको छ। राखेपका सदस्य–सचिवस्तरीय निर्णयबाट गुन्जनलाई क्यानको सदस्यमा मनोनीत गरिएको हो। क्यानको विधान २०५५ को परिच्छेद २, दफा ३ को उपदफा (४) मा राखेपले संघको पदेन सदस्यका रूपमा एक जनालाई मनोनयन गर्न सक्ने व्यवस्था छ। सोही प्रावधानअनुसार गुन्जनलाई सदस्य बनाइएको…

Read More

कांग्रेस महाधिवेशनको उद्घाटनमा पुगे विभिन्न दलका शीर्ष नेता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू खुलामञ्च पुगेका छन्। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित कांग्रेसले १५औँ महाधिवेशन आयोजना गरेको हो। उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा…

Read More

कांग्रेस महाधिवेशनमा अतिथिलाई रुख अंकित खादा, चारतारे झण्डाको समेत प्रयोग

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने अतिथिहरूलाई पार्टीको चुनाव चिह्न ‘रुख’ अंकित खादा लगाउने भएको छ। महाधिवेशनका लागि तयार पारिएको खादा नेवार समुदायको सांस्कृतिक पहिरनसँग मेल खाने रंग र बुट्टामा तयार गरिएको छ। खादामा कांग्रेसको चुनाव चिह्न रुखसँगै पार्टीको चारतारे झण्डासमेत अंकित गरिएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह…

Read More

रीता थापामगर कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा

काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएकी छन् । धादिङ क्षेत्र नम्बर २ बाट खुला महिलातर्फ सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापामगरले अब कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । लोकदोहोरी क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि…

Read More
Back To Top
Modern Footer Design