एकैदिन सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सुनको मूल्य ३ लाख १८ हजार ५ सय रुपैयाँ प्रतितोला थियो। पछिल्ला दिनमा पनि सुनको मूल्य निरन्तर घट्दो क्रममा देखिएको छ। बिहीबार प्रतितोला…

Read More

चितवनमा बाढीपछि २५९ शव फेला

भोटेको । भोटेकोशी–त्रिशूली बाढीपछि त्रिशूली र नारायणी नदीको चितवनतर्फका क्षेत्रमा हालसम्म २५९ वटा शव फेला परेका छन्। तीमध्ये शनिबार साँझसम्म नौ जनाको मात्र पहिचान भएको र आफन्तले शव बुझिसकेको चितवन प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिचान भएका शवमा आठ पुरुष र एक बालिका रहेका छन्। लामो समयसम्म पहिचान हुन नसकेका शवको अवस्था…

Read More

बागमतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तर र पूर्वतर्फ औसत स्थानकै आसपास रहेको छ। यसको प्रभावले देशका अधिकांश भूभागमा मौसम बदली भएको छ भने केही स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने…

Read More

रसुवामा फेरि बाढीपहिरोको सूचना, नारायणगढ–मुग्लिन सडक बन्द

रसुवामा फेरि बाढीपहिरोको सूचना, नारायणगढ–मुग्लिन सडक बन्द काठमाडौँ । रसुवाबाट पुनः बाढी तथा पहिरो आएको सूचना प्राप्त भएपछि चितवन प्रहरीले नदी तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चितवन जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै बाढीपहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको…

Read More

भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनर्लाभका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस विपद्को पछिल्लो अवस्था र सरकारका प्रयासहरूबारे औपचारिक जानकारी दिनुभएको हो । परराष्ट्रमन्त्री खनालकाअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ सय ८७ विदेशी नागरिकसहित ४…

Read More

भोटेकोशी बाढीपछि नवलपुरमा भेटिएका पहिचानविहीन शव जंगल क्षेत्रमा गाडेर व्यवस्थापन गरिने

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि नवलपुरका विभिन्न क्षेत्रमा भेटिएका तर पहिचान खुल्न नसकेका शवहरूलाई जमिनमा गाडेर व्यवस्थापन गरिने भएको छ। पहिचान हुन नसकेका शवहरूको व्यवस्थापनका लागि चितवनको भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकखण्डको जंगल क्षेत्रमा आवश्यक तयारी अघि बढाइएको छ।

Read More

टनेल उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्छ, ढिलाइ गर्दा मानवीय क्षति हुनसक्छ–पूर्वकार्यकारी प्रमुख भट्ट

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवा बाढीमा सुरुङ (टनेल) भित्र फसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र श्रमिकहरू फसेको चार दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । न्युज एजेन्सी…

Read More

बाढीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोड्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी रकम बरामद

धादिङ । धादिङमा नदीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोडेर रकम निकाल्ने प्रयास गरेको आरोपमा २९ जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले…

Read More

गाईजात्राः शोकलाई शक्ति र हाँसोमा बदल्ने अनुपम सांस्कृतिक उत्सव

भाद्र कृष्ण प्रतिपदाको पावन अवसरमा आज काठमाडौं उपत्यकासहित देशविदेशमा नेवार समुदाय र सम्पूर्ण नेपालीहरूले परम्परागत ऐतिहासिक पर्व गाईजात्रा (नेपाल भाषामा ‘सापारु’) भव्यता र धार्मिक निष्ठाका साथ मनाइरहेका छन् । बिहानैदेखि ऐतिहासिक वसन्तपुर दरबार क्षेत्र, हनुमानढोका, गद्दी बैठक र पाटन–भक्तपुरका प्राचीन गल्लीहरूमा जनसागर उर्लिएको छ । विगत एक वर्षभित्र दिवङ्गत भएका आफ्ना परिवारजनको आत्माको चीर शान्ति,…

Read More

‘भोटेकोशी एउटा विपत्ति होइन, नेपालको हिमाली भविष्यको चेतावनी हो’

हिमनदी, हिमताल र चट्टानको गतिशीलता नबुझी बनाइने विपद् नीति अब अधुरो हुन्छरसुवाको भोटेकोशी तथा ल्हेन्दे खोला जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीलाई केवल एउटा सामान्य प्राकृतिक विपत्ति, मनसुनी भेल वा आकस्मिक हिमताल विस्फोटका रूपमा मात्र बुझियो भने नेपालले त्यस घटनाबाट सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाठ छुट्नेछ । बाढी आयो, सडक र मोटरेबल पुल बगायो, निर्माणाधीन जलविद्युत् आयोजना…

Read More
Back To Top
Modern Footer Design