भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु

रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाई विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा फेला परेका १०२ जनाको शव पहिचान, डीएनए नमूना सङ्कलन र पोस्टमार्टमका लागि कास्कीको पोखरा लगिएको छ ।  धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासी लगायतका जिल्लामा भेटिएका शवहरू त्यहाँ परीक्षण र व्यवस्थापन गर्ने पर्याप्त सुविधा नभएपछि कास्की जिल्ला प्रशासन कार्यालयको…

Read More

भोटेकोशी बाढी : विभिन्न देशका ११७ पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका विदेशी पर्यटकमध्ये हालसम्म ११७ जनाको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएका पर्यटक विभिन्न पाँच देशका नागरिक रहेका छन्। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरका अनुसार उद्धार गरिएकामध्ये भारतका ८५ जना, चीनका १६ जना, दक्षिण कोरियाका ९ जना, अमेरिकाका २ जना र…

Read More

४८९ शव फेला, ३९३ को अझै पहिचान हुन सकेन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये ३९३ जनाको भने अझै पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम नवलपरासीलगायतका जिल्लाबाट शव फेला परेका हुन्। पहिचान हुन नसकेका तथा…

Read More

चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

बेइजिङ । चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार शुक्रबार दिउँसो १ः१३ बजे लोङचाङ सहर आसपास भूकम्प गएको हो। सीईएनसीले भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको जनाएको छ। भूकम्प जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा गएको मापन गरिएको…

Read More

सांस्कृतिक एवं धार्मिक गरिमा बोकेको रक्षावन्धन पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडाैँ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण तथा पवित्र पर्व रक्षावन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । विशेषगरी दाजुभाइ र दिदीबहिनीबीचको अटुट प्रेम, स्नेह र विश्वासको प्रतीक मानिने यो पर्व नेपालभर र विशेष गरी मिथिलाञ्चल क्षेत्रमा विशिष्ट महत्वका साथ मनाउने गरिन्छ । रक्षावन्धनको अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने हातको नाडीमा रक्षासूत्र (राखी) बाँधिदिएर…

Read More

रसुवा बाढीमा मृतकको संख्या ४७५ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४ सय ७५ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म विभिन्न जिल्लाबाट ४७५ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ। त्यस्तै, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा…

Read More

विपद् व्यवस्थापनमा दलहरूको साझा प्रतिबद्धता

काठमाडाैँ । १० गते मुलुकका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोपछि उत्पन्न परिस्थितिको सामना गर्न र राहत तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूले साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहीवार सम्पन्न सर्वदलीय बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले विपद्को यस घडीमा सरकारलाई पूर्ण सहयोग गर्ने र…

Read More

चीनतर्फ ताल फुटेको खबरपछि रसुवामा सतर्कता, सीडीओको सुरक्षित रहन आग्रह

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको हो। ताल फुटेपछि त्यसबाट आउने पानीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै सीमावर्ती तथा नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सीडीओ परियारले…

Read More

रसुवाका विभिन्न जलविद्युत आयोजनामा बाढीको क्षतिः सयौं कामदार सम्पर्कविहीन, उद्धारमा कठिनाइ

सुवा जिल्लामा अवस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा बाढीले ठूलो क्षति पु¥याएको छ । प्राकृतिक विपत्तिका कारण निर्माणाधीन तथा सञ्चालित आयोजनामा कार्यरत सयौं स्वदेशी तथा विदेशी कर्मचारी एवं कामदारहरू सम्पर्कविहीन भएका छन् । सञ्चार सम्पर्क विच्छेद र भौगोलिक विकटताका कारण उद्धार कार्यमा समेत चुनौती देखिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था –इप्पान) ले जनाएको छ । निर्माणाधीन २ सय १६…

Read More

पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइयो १०२ शव

कास्की । त्रिशूली र नारायणी नदीका विभिन्न क्षेत्रमा फेला परेका १०२ शव पहिचान तथा आवश्यक परीक्षणका लागि पोखरा ल्याइएको छ। भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा धादिङ, गोरखा, तनहुँ तथा पूर्वी नवलपरासीलगायत जिल्लामा शव भेटिएका थिए। सम्बन्धित जिल्लामा शवको व्यवस्थापन तथा परीक्षण गर्ने पर्याप्त व्यवस्था नभएपछि ती शव पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख…

Read More
Back To Top
Modern Footer Design