नयाँ ईडीएल प्रणालीले यातायात सेवा प्रभावित, लाइसेन्स बनाउनेदेखि नवीकरणसम्म सेवाग्राहीलाई सास्ती
काठमाडौँ । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि लागू गरेको नयाँ ‘ईडीएल’ प्रणाली प्रभावकारी बन्न नसक्दा देशभरका यातायात कार्यालयमा सेवाग्राहीले विभिन्न समस्या झेल्नुपरेको छ। सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले सुरु गरिएको प्रणालीमा अनलाइन फाराम भर्नेदेखि ओटीपी प्राप्त गर्ने, राजस्व बुझाउने र बायोमेट्रिक प्रक्रियासम्म समस्या देखिएको छ। कतिपय सेवाग्राहीले लामो समय कुर्दा पनि लाइसेन्ससम्बन्धी…
