पश्चिमी वायुको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत आंशिक बदली हुने…
