आफ्नै केन्द्रीय कार्यालय बनाउने तयारीमा रास्वपा, ३ रोपनीभन्दा बढी जग्गा खोज्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं उपत्यकामा आफ्नै केन्द्रीय कार्यालय स्थापना गर्न घरजग्गा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि पार्टीले आवश्यक मापदण्ड पूरा गर्ने घर तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको छ। पार्टीले असोज १७ गते बसेको केन्द्रीय समिति बैठकबाट स्थायी केन्द्रीय कार्यालय निर्माण गर्ने वा खरिद गर्ने निर्णय गरेको थियो। हाल…

Read More

श्रीलंकासँग हवाई सम्पर्कदेखि व्यापार र लगानीसम्म विस्तार गर्ने प्रस्तावित राजदूत झाको योजना

काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूतमा सिफारिस भएकी डा. मञ्चला कुमारी झाले नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन, व्यापार, लगानी र हवाई सम्पर्क विस्तारमा जोड दिने प्रतिबद्धता जनाएकी छन्। संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सहकार्यलाई प्रभावकारी बनाउने बताएकी हुन्। उनले नेपाल सरकारको परराष्ट्र नीतिअनुसार राष्ट्रिय हितको…

Read More

दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या १ लाख ८७ हजार नाघ्यो

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। घटस्थापनादेखि मंगलबार रातिसम्म १ लाख ८७ हजार ७ सय ७४ जना उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार उपत्यका छाड्नेमा ६९ हजार ८९ जना महिला र १ लाख १८ हजार ६ सय ८५ जना…

Read More

बडादसैँको चौथो दिन प्रधानमन्त्री बालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडाैँ । काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको चौथो दिन काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिर पुगेर पूजाआजा तथा दर्शन गरेका छन्। पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री शाह बुधबार बिहान करिब १० बजे भगवतीको दर्शनका लागि मन्दिर पुगेका थिए। दर्शनका क्रममा प्रधानमन्त्री शाहसँग पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार…

Read More

जापानका लागि प्रस्तावित राजदूत थापामाथि स्वार्थ बाझिने प्रश्न, कार्यकालपछि कहाँ बस्ने सांसदहरूको जिज्ञासा

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिलाई लिएर संसदीय सुनुवाइ समितिमा स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेको छ। जापानमा उनको घरजग्गा र परिवारसमेत रहेको विषयलाई लिएर सांसदहरूले नेपालको हितमा काम गर्न सक्ने आधारबारे जिज्ञासा राखेका हुन्।बुधबार समितिमा भएको सुनुवाइका क्रममा नेकपाका नेता वर्षमान पुनले थापाको जापानसँग रहेको व्यक्तिगत सम्बन्ध र सम्पत्तिका विषयमा प्रश्न उठाए।…

Read More

दुर्गा पूजा सजाउने क्रममा करेन्ट लागेर उदयपुरमा वृद्धको मृत्यु

उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको ज्यान गएको छ। मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१२, पुरानो गाईघाटस्थित ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार साँझ पूजा व्यवस्थापनका लागि विद्युत् लाइन जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई…

Read More

च्याम्पियन्स लिगमा आर्सनलको शानदार जित, सात मिनेटभित्र तीन गोल

काठमाडौं । इंग्लिस क्लब आर्सनलले युईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली टोली लिललाई ३–० गोलले पराजित गरेको छ। गएराति इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन गोल गरेको हो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा आक्रामक रूपमा प्रस्तुत भएको आर्सनलले छोटो समयमै तीन…

Read More

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं। बडादशैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्ये चौथो स्वरूपकी देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। देशभरका देवी मन्दिर तथा घरघरका पूजा कोठामा भक्तजनले श्रद्धापूर्वक देवीको पूजा गरिरहेका छन्। धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने परम्परा छ। देवीले भक्तजनका दुःख, कष्ट तथा तीन प्रकारका ताप निवारण गर्ने विश्वास गरिन्छ।…

Read More

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै

काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव अझै कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा…

Read More

राप्रपालाई नयाँ ढंगले पुनर्गठन गर्दै अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरी नयाँ उत्साह र योजनासहित अघि बढाउनुपर्ने बताएका छन्। उनले आगामी महाधिवेशनलाई नियमित प्रक्रिया पूरा गर्ने कार्यक्रमका रूपमा मात्र नभई पार्टीको भविष्य बदल्ने महत्वपूर्ण अवसर बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै…

Read More
Back To Top
Modern Footer Design