विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। बैठकमा विश्वका विभिन्न देशका अर्थमन्त्रीहरूको सहभागिता रहनेछ। सोही अवसरमा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा भाग लिने कार्यक्रम रहेको छ। अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थसचिव…

Read More

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर मंगलबार स्वदेश फर्किएका छन्। सभामुख अर्याल असोज १८ गते महासभामा भाग लिन तान्जानियातर्फ प्रस्थान गरेका थिए। तान्जानियाको अरुषा सहरमा अक्टोबर ५ देखि ९ सम्म अर्थात् असोज १९ देखि २३ गतेसम्म महासभा आयोजना गरिएको थियो। उक्त महासभामा सभामुख अर्यालसँगै उनकी धर्मपत्नी…

Read More

खगेन्द्र सुनार फेरि विवादमा, अदालतमा तीन मुद्दा विचाराधीन हुँदा धम्कीपूर्ण अडियो प्रकरणले बढायो दबाब

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार फेरि विवादमा तानिएका छन्। एक महिलालाई अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठ्न थालेका हुन्। यस प्रकरणलाई लिएर रास्वपाले छानबिन प्रक्रिया अघि बढाएको छ। रास्वपाका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सुनारसँग सम्बन्धित अडियो र उनीमाथि…

Read More

कूटनीतिक नियोगलाई आर्थिक उपलब्धि हासिल गर्ने केन्द्र बनाउन सांसद अर्यालको सुझाव

काठमाडौं । जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरू जोशीको कार्ययोजनामाथि संसदीय सुनुवाइ समितिमा छलफल भएको छ। मंगलबार भएको छलफलमा सांसदहरूले नेपाल र जर्मनीबीचको व्यापार विस्तार, नेपाली श्रमिकको सुरक्षा र जर्मन लगानी नेपाल भित्र्याउने विषयमा ठोस योजना प्रस्तुत गर्न सुझाव दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले जर्मनीसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा…

Read More

लिग–२ क्रिकेट : नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मैदानमा सुरु हुनेछ। शृङ्खलाको आफ्नो दोस्रो खेलमा मैदान उत्रिन लागेको नेपालले यसअघि आइतबार भएको खेलमा क्यानडालाई पराजित गरेको थियो। उक्त खेलमा नेपाली ब्याटर रोहित…

Read More

पोखरा, भरतपुर र लुम्बिनीलाई जोडेर ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धन गरिँदै

पोखरा । नेपालका तीन प्रमुख पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई एउटै पर्यटन सञ्जालमा जोडेर प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई अघि बढाइएको छ। पर्यटन विकास, प्रचारप्रसार र आपसी सहकार्यलाई प्रभावकारी बनाउने लक्ष्यका साथ तीनवटै स्थानीय तहले यससम्बन्धी योजना कार्यान्वयनमा सक्रियता देखाएका छन्। पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भएको समझदारीलाई कार्यान्वयन गर्ने…

Read More

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव कायम रहेकाले आज पनि केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली…

Read More

बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। गृह मन्त्रालयका अनुसार उनी दिउँसो १ बजे भारततर्फ गएका हुन्। गुरुङले असोज २७ गते बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त बैठकमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्यान्डका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरू सहभागी हुनेछन्। बैठकमा…

Read More

चीनसँगका १४ सीमा व्यापार नाका नियमित सञ्चालन गर्न पहल गर्छु : प्रस्तावित राजदूत शर्मा

काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले नेपाल–चीनबीच रहेका १४ वटा परम्परागत सीमा व्यापार नाकालाई नियमित रूपमा सञ्चालनमा ल्याउन र तिनको अवस्था सुधार गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। संसदीय सुनुवाइका क्रममा शर्माले दुई देशबीचको व्यापार, पारवहन र सम्पर्क सञ्जाल विस्तारलाई प्राथमिकतामा राख्ने बताएका हुन्। उनले सीमा नाकाको नियमित सञ्चालनले सीमावर्ती क्षेत्रका बासिन्दाको…

Read More

बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट बरामद गरेको २१ किलो ७५० ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई हस्तान्तरण गरेको छ। सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकमाथि भन्सार कार्यालयले म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सुन भन्सार कार्यालयलाई बुझाइएको हो।…

Read More
Back To Top
Modern Footer Design