आज घटस्थापना, विधिपूर्वक जमरा राख्दै बडादशैंको शुभारम्भ
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। दशैंको पहिलो दिन अर्थात् घटस्थापनाका अवसरमा आज देशभरका घर–घरमा वैदिक विधिअनुसार पूजा आराधना गरी जमरा राखिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयका समयमा प्रतिपदा तिथि परेको दिन…
