कांग्रेस महाधिवेशनमा आज मतदान हुँदै, सभापतिमा गगनसहित तीन जनाको प्रतिस्पर्धा
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। महाधिवेशनको पाँचौँ दिन निर्वाचन प्रक्रियाअन्तर्गत बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन गरिनेछ। निर्वाचनअघि नै तीन…
