नागरिकको मौन पीडा पनि राज्यले सुन्नुपर्छः समिक्षा बास्कोटा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिक्षा बास्कोटाले नागरिकको मृत्यु र पीडाका घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई समाधान खोज्ने दिशामा केन्द्रित हुन आग्रह गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पछिल्लो समय विभिन्न घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्र सत्ता र प्रतिपक्षबीचको प्रतिस्पर्धामा मात्र सीमित नहुने बताइन्। संसद्मा बोल्ने क्रममा उनले…

Read More

बहुमतले संविधान मिच्ने अधिकार दिँदैनः निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकार लोकतान्त्रिक मूल्यमान्यताभन्दा बाहिर जान खोजेको आरोप लगाउँदै संविधानको मर्मअनुसार शासन सञ्चालन गर्न आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकका आवाज र प्रश्नलाई दबाउने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुने बताए। भागवत पुराणमा वर्णित हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै उनले सत्य बोल्ने र प्रश्न गर्ने…

Read More

सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

ओखलढुङ्गा। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको आसाम राज्यस्थित गुहाटी मदनपुरका २६ वर्षीय जावरूल हक र हाल काठमाडौं बस्दै आएका ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ का २४ वर्षीय सरोज कार्की रहेका छन्। उनीहरूलाई साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।…

Read More

काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी बसपार्कमै होल्ड

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा पहिरोको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाका बन्द गरिएको छ। जोखिमलाई मध्यनजर गर्दै लामो दूरीका सवारी साधनलाई बसपार्क तथा अन्य निर्धारित स्थानमै होल्ड गरिएको छ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै बाहिरिने सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको छ। चितवनको केराबारी र तुइनखोला…

Read More

सुकुम्बासी पुनर्स्थापनामा सरकार गम्भीर बन्नुपर्छः सुहाङ नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले कानुन कार्यान्वयनका क्रममा नागरिकको आवास, परिवारको सुरक्षा, बालबालिकाको भविष्य र मानवीय मर्यादालाई बेवास्ता गर्न नहुने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले भूमिहीन तथा सुकुम्बासीको पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए। उनले भूमिहीन र सुकुम्बासीका लागि राहत, अस्थायी व्यवस्थापन तथा…

Read More

नेपाली श्लोक वाचनले छाइन् अमेरिकी विदुषी डा.आना

काठमाडौँ । भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अमेरिकी नागरिक तथा संस्कृतिविद्डा. आना एम सिस्टरले नेपाली भाषामा श्लोक वाचन र मन्तव्य प्रस्तुत गर्दै सहभागीको मन जितेकी छन्। सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उनले करिब दुई दशकअघि विद्यार्थीका रूपमा नेपाल आएको अनुभव सुनाउँदै नेपाली भाषा सिक्ने आफ्नो यात्राबारे पनि चर्चा गरिन्। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण…

Read More

शिक्षा अधिकृतमाथि मोबिल खन्याएको आरोपमा वडा सदस्य पक्राउ

दाङ । विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा शिक्षा अधिकृतमाथि मोबिल छर्किएको आरोपमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन्। उनीमाथि असार २७ गते पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन प्रभावित पार्ने उद्देश्यले मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाका ४८ वर्षीय शिक्षा अधिकृत…

Read More

पोखरामा नक्कली बहुमूल्य ढुङ्गा देखाएर ठगी गर्ने गिरोहका ६ जना पक्राउ

पोखरा । सर्वसाधारणलाई बहुमूल्य ढुङ्गाको प्रलोभन देखाएर ठगी गर्दै आएको एक समूहलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका–२६, कालीकाचोक क्षेत्रमा नक्कली ढुङ्गालाई बहुमूल्य वस्तु भन्दै रकम असुल्ने गतिविधिमा संलग्न ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–२ का राजन विक, रोशनी विक, बाटुली भनिने खगिसरा कामी तथा म्याग्दीका दिलबहादुर बुढामगर,…

Read More

तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले सोमबार पनि धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा आफ्नो औसत अवस्थाभन्दा केही उत्तरतर्फ सर्दै नेपालको तराई क्षेत्र नजिक पुगेको छ। महाशाखाका अनुसार यसका कारण देशभर आंशिकदेखि सामान्य बदली कायम छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न…

Read More

ब्रेन ट्युमरपछि अभिनेत्री दीपाश्री निरौलाको सफल शल्यक्रिया

काठमाडौँ । चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रिया गरिएको छ। अस्पताल स्रोतका अनुसार स्वास्थ्य परीक्षणका क्रममा मस्तिष्कमा ट्युमर देखिएपछि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। शल्यक्रिया वरिष्ठ न्यूरो सर्जन डा। बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले गत मंगलबार सम्पन्न गरेको जनाएको छ।शल्यक्रियापछि मस्तिष्कबाट निकालिएको ट्युमरलाई थप परीक्षणका…

Read More
Back To Top
Modern Footer Design