बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट बरामद गरेको २१ किलो ७५० ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई हस्तान्तरण गरेको छ। सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकमाथि भन्सार कार्यालयले म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सुन भन्सार कार्यालयलाई बुझाइएको हो।…
