मनाङको हिम्लुङमा १० जना सम्पर्कविहीन, खोजीका लागि हेलिकप्टर परिचालन
मनाङ । मनाङको नार्पाभूमी गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा पहिरो गएपछि आरोहणमा गएका १० जना सम्पर्कविहीन भएको सूचना आएपछि खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार सम्पर्कविहीन भएकाहरूको खोजीका लागि प्रभु हेलिकप्टरमार्फत चार जना उद्धारकर्मी घटनास्थलतर्फ पठाइएको छ। थप तीन जना उद्धारकर्मीलाई कैलाश हेलिकप्टरमार्फत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।…
