रसुवा बाढी उद्धार गरिएका १३ घाइते काठमाडौंका अस्पतालमा उपचाररत

काठमाडौं । रसुवामा बुधबार बिहान आएको बाढीमा परेर घाइते भएका तथा उद्धारपछि काठमाडौं ल्याइएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उद्धार गरिएका घाइतेमध्ये केहीको राष्ट्रिय ट्रमा सेन्टर र केहीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उद्धार गरिएकामा नुवाकोटको विदुर नगरपालिका–५ का ४२ वर्षीय…

Read More

रसुवा बाढीः प्रधानमन्त्री कार्यालयमा विपद् व्यवस्थापन परिषद्को बैठक, उद्धार र राहतमा जुट्न निर्देशन

रसुवामा आज बिहान आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै प्रधानमन्त्री बालेन्द्र साहले बोलाउनुभएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठकमा बाढीले पु¥याएको पछिल्लो क्षतिको विवरणबारे विस्तृत ब्रिफिङ गरिएको हो । बैठकमा सम्बन्धित निकायका अधिकारीहरूले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र क्षतिबारे प्रधानमन्त्रीलाई…

Read More

रसुवा बाढी विपद् : क्षतिको अवस्था र पछिल्लो अपडेट

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी आसपासका बस्ती तथा विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण नदी किनारका केही बस्ती बगाएका छन् भने स्याफ्रुबेँसीदेखि तल्लो क्षेत्रसम्मका भौतिक संरचनामा व्यापक क्षति पुगेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्। प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण प्राप्त भएको छैन। बाढी प्रभावित क्षेत्रमा क्षतिको…

Read More

रसुवामा सम्पर्कविहीन सशस्त्र प्रहरीको संख्या १३ पुग्यो

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत १३ जना सशस्त्र प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्। सशस्त्र प्रहरी बलका अनुसार रसुवागढीस्थित बोर्डर आउट पोस्टमा कार्यरत ९ जना र मैलुङमा खटिएका ४ जना प्रहरी सम्पर्कविहीन छन्। यसअघि टिमुरेमा कार्यरत ४ जना मात्रै सम्पर्कविहीन भएको बताइएको थियो। बाढी भोटेकोशी नदीमा मिसिएपछि…

Read More

सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि सरकार उदार नीति अवलम्वन गर्न तयार छः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।टेक स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रका उद्यमीहरूसँगको विशेष छलफलका क्रममा उहाँले यस क्षेत्रमा रहेका नीतिगत तथा कानूनी अड्चनहरू फुकाउँदै नेपाली ट्यालेन्टलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको हो । भूपरिवेष्ठित राष्ट्र भएको कारणले नेपालको विकासका लागि…

Read More

होर्मुज जलमार्गमा राखिएका बारुदी सुरुङ हटाइसकेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलमार्गको अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा राखेका सबै बारुदी सुरुङ अमेरिकी नौसेनाले हटाइसकेको दाबी गरेका छन्। ट्रम्पले जलमार्गमा पुनः बारुदी सुरुङ बिछ्याउने प्रयास भए त्यस्ता जहाज वा डुंगालाई तत्काल नष्ट गरिने चेतावनी दिएका छन्। उनका अनुसार अमेरिकी ‘स्पेस फोर्स’ले होर्मुज जलमार्गको सम्पूर्ण क्षेत्रमा निगरानी गरिरहेको छ र नयाँ सुरुङ…

Read More

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौँ । देशमा मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने देखिएको हो। दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा…

Read More

आज प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने कार्यक्रमसमेत…

Read More

कमल थापा–राजेन्द्र लिङ्देनबीचको एकता टुट्ने संकेत, निर्णयको तयारीमा राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चर्किँदै गएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापासँग भएको पार्टी एकता अन्त्य गर्ने तयारी थालेका छन्। पार्टीको निर्णयविपरीत गतिविधि गरेको र नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोप थापामाथि लगाउँदै लिङ्देन पक्षले अब एकता कायम राख्न कठिन भएको निष्कर्ष निकालेको छ। विशेषगरी बागमती प्रदेश सरकारलाई लिएर देखिएको विवादले…

Read More

तीन पत्रकारलाई मुद्दा टुंगो नलागेसम्म हिरासतमा राख्न आदेश

काठमाडौँ। बङ्गलादेशको विशेष न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनसँग जोडिएको मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा तीन पत्रकारलाई मुद्दाको अन्तिम फैसला नभएसम्म हिरासतमा राख्न आदेश दिएको छ। न्यायाधिकरणले एकट्टोर टेलिभिजनका प्रधान सम्पादक मोजाम्मेल बाबु, प्रमुख संवाददाता फरजाना रूपा तथा दैनिक भोरेर कागोजका सम्पादक एवं नेसनल प्रेस क्लबका पूर्व महासचिव श्यामल दत्तलाई हिरासतमा राख्न आदेश दिएको हो। उनीहरू सोमबार…

Read More
Back To Top
Modern Footer Design