६४ वर्षपछि जनारसी देवीले पाइन् नेपाली नागरिकता
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनीकी ६४ वर्षीया जनारसी देवी पासवानले लामो प्रतीक्षापछि नेपाली नागरिकता प्राप्त गरेकी छन्। जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट मंगलबार नागरिकता प्राप्त गरेसँगै उनी कानुनी रूपमा नेपाली नागरिकको पहिचान स्थापित गर्न सफल भएकी हुन्। वडाध्यक्ष केशवकुमारका अनुसार नागरिकता दिलाउन आवश्यक कागजात संकलन, सम्बन्धित निकायसँग समन्वय र कानुनी प्रक्रिया पूरा गर्न करिब छ…
