फिफाको कारबाहीले संकटमा एन्फा, नेपाली फुटबलको भविष्य अन्योलमा
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गर्ने निर्णय गरेपछि नेपाली फुटबल गम्भीर संकटमा परेको छ। फिफा विधानविपरीत तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै गरिएको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय यात्रामाथि नै प्रश्नचिह्न खडा गरेको छ। फिफा काउन्सिलको ब्युरोले फिफा विधानको धारा १४ अन्तर्गत गम्भीर उल्लंघन भएको ठहर गर्दै…
