नयाँ क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गर्यो
काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण अभियान प्रभावकारी बनाउन देशका सबै ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टीले सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लामा असार २० गतेसम्म सक्रिय रूपमा खटिन निर्देशन दिएको जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नयाँ सदस्यता वितरणका…
