पश्चिमी र मनसुनी वायुको प्रभाव, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालमा अहिले मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ। यही मौसमी प्रणालीका कारण सोमबार देशका विभिन्न भूभागमा आंशिक बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थान आसपास रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित…
