Nanglevare Nanglevare

देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौं । देशमा अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले शनिबार देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमतीका केही ठाउँमा वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि…

Read More

आजको राशिफल

काठमाडौँ । आज २०८३ साल असोज १० गते शनिबार हो। पात्रोअनुसार आज भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि रहेको छ। आज चेपाङ चोनाम पर्व तथा अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस पनि परेको छ। मेष आज नयाँ कामको सुरुवात गर्न उत्साह बढ्नेछ। मेहनतअनुसार उपलब्धि हात लाग्न सक्छ। आर्थिक कारोबारमा भने सोचविचार गर्नु राम्रो हुनेछ। वृष परिवारसँगको सम्बन्धमा…

Read More

सुरुङमा १० दिनपछि जीवित उद्धार गरिएका कबीर महर्जन अस्पतालबाट घर फर्किए

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबीर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनलाई शुक्रबार अस्पतालबाट घर पठाइएको हो। ललितपुरस्थित निवास फर्किएका महर्जनलाई स्थानीय तथा आफन्तहरूले फूलमाला लगाएर स्वागत गरेका छन्। गत भदौ १० गते आएको भीषण बाढीपछि महर्जन जलविद्युत…

Read More

सरकारी बैंकमा रकम हिनामिना : भ्रष्टाचार कि बैंकिङ कसुर ? सर्वोच्चले पूर्ण इजलासमा पठायो

काठमाडौं । सरकारी स्वामित्वको बैंकमा रकम हिनामिना भएको अवस्थामा संलग्न व्यक्तिमाथि भ्रष्टाचारसम्बन्धी कानूनअनुसार मात्रै कारबाही हुने हो कि बैंकिङ कसुरसम्बन्धी कानून पनि लागू हुने हो भन्ने विषयमा सर्वोच्च अदालतले गम्भीर कानूनी प्रश्न उठाएको छ । कृषि विकास बैंकको न्यूरोड शाखामा भएको करिब चार करोड रुपैयाँ हिनामिनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘दोहोरो खतराको सिद्धान्त’ आकर्षित हुनसक्ने देखिएपछि…

Read More

गृहमन्त्री गुरुङद्वारा च्यासल क्षेत्रको स्थलगत निरीक्षण

काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रमा नदीको जलस्तर बढेपछि गृहमन्त्री सुधन गुरुङले शुक्रबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय आसपास मनोहरा खोलाको पानी सडकको सतहसम्म पुगेको छ। वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मन्त्री गुरुङले सुरक्षा निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन निर्देशन दिएका छन्।…

Read More

काठमाडौं उपत्यकाका नदी किनारमा नजान आग्रह

काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदीमा पानीको बहाव बढेर सतह पार गरेपछि नदी आसपासको क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले नदी किनारमा पुग्ने तथा सवारीसाधन पार्किङ गर्ने कार्य नगर्न सार्वजनिक रूपमा सचेत गराउँदै आएका छन्। महानगरपालिकाले जोखिमयुक्त नदी किनारका क्षेत्रमा निगरानीसमेत बढाएको छ। नदी आसपास…

Read More

वर्षाका कारण कांग्रेसका क्षेत्रीय अधिवेशन प्रभावित, असोज १३ भित्र सक्न निर्देशन

काठमाडौं । लगातारको वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तय भएका प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रभावित भएका छन्। असोज १० गते शनिबारका लागि निर्धारण गरिएका अधिवेशनमध्ये मौसम प्रतिकूल भएका विभिन्न जिल्लाका कार्यक्रम स्थगित गरिएका छन्। ओखलढुंगा, भोजपुर, रामेछाप, काभ्रेपलाञ्चोक र कास्कीलगायतका जिल्लामा अधिवेशन स्थगित भएको जनाइएको छ। ओखलढुंगामा शनिबारका लागि तय भएका प्रदेशसभा र…

Read More

प्रधानमन्त्री शाह र अस्ट्रेलियाली समकक्षी अल्बानीजबीच न्यूयोर्कमा भेटवार्ता

न्यूयोर्क । प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजबीच न्यूयोर्कमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा दुई नेताबीच भेट भएको हो। भेटका क्रममा अल्बानीजले पछिल्लो बाढी तथा विपद्बाट प्रभावित नेपालप्रति अस्ट्रेलियाको ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनाका प्रयासबारे चासो राखेका थिए। अस्ट्रेलियाली प्रधानमन्त्रीले विपद्पछि नेपालमा भइरहेको उद्धार तथा मानवीय…

Read More

दोभान–सिद्धबाबा सडकखण्डमा राति सवारी आवागमन बन्द

पाल्पा । लगातारको वर्षासँगै पहिरो, बाढी तथा डुबानको जोखिम बढेपछि सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबारदेखि असोज १२ गतेसम्म हरेक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार…

Read More

परराष्ट्रमन्त्री खनाल र बेलायती राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता, नेपाल–बेलायत सहकार्य विस्तारमा छलफल

न्यूयोर्क। परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतकी अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच न्यूयोर्कमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा संयुक्त राष्ट्रसंघको मुख्यालयमा उनीहरूबीच भेट भएको हो। भेटका क्रममा नेपाल–बेलायत सम्बन्धका साथै दुई देशबीच पारस्परिक हितसँग जोडिएका विभिन्न विषयमा छलफल भएको जनाइएको छ। पछिल्लो समय विस्तार हुँदै गएको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने…

Read More
Back To Top
Modern Footer Design