अमेरिकी भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सीलाई ट्रम्पको भव्य स्वागत
वासिङ्टन । चिनियाँ राष्ट्रपति सी चिनफिङ तीनदिने अमेरिका भ्रमणका क्रममा वासिङ्टन पुगेका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ संयुक्त सैन्य विमानस्थलमा पुगेर सी र उनकी पत्नी पेङ लियुआनलाई विशेष सम्मानसहित स्वागत गरेका छन्। सीलाई स्वागत गर्न विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो भने अमेरिकी वायुसेनाको ब्याण्ड र सैन्य विमानको फ्लाइपासहित औपचारिक स्वागत कार्यक्रम गरिएको थियो।…
