Nanglevare Nanglevare

आज प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक र एक समितिको प्रतिवेदन प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा सरकारका तर्फबाट चार वटा महत्वपूर्ण विधेयक पेस गरिनुका साथै राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पनि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सङ्घीय संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा…

Read More

मनसुन सक्रिय, देशभर वर्षाको सम्भावना: बाढी–पहिरोको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह

काठमाडौ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले शुक्रबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षासँगै बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सामान्यभन्दा केही…

Read More

आजको राशिफल

काठमाडौं । आज शुक्रबार, साउन २२, २०८३ श्रावण शुक्ल दशमी तिथि चन्द्रमाको प्रभावका कारण धेरै राशिका व्यक्तिहरूका लागि नयाँ अवसर, सम्बन्ध सुधार र कार्यक्षेत्रमा प्रगतिको सम्भावना देखिएको छ। केही राशिले आर्थिक लाभ प्राप्त गर्ने संकेत छ भने केहीले खर्च र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। मेष: नयाँ कामको सुरुवातका लागि दिन अनुकूल छ। पारिवारिक सहयोग…

Read More

कतार एयरवेजमार्फत स्वदेश ल्याइयो युक्त गुरुङको पार्थिव शरीर

काठमाडौँ । पर्वतारोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही (युक्त गुरुङ)को पार्थिव शरीर बिहीबार स्वदेश ल्याइएको छ। कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको गुरुङको पार्थिव शरीर आफन्तलाई बुझाइएको हो। विमानस्थलमा पार्थिव शरीर पुगेपछि परिवारका सदस्य तथा आफन्त भावुक बनेका थिए। त्यसक्रममा विमानस्थलको वातावरण पनि शोकमय बनेको थियो। परिवारले गुरुङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जली तथा अन्त्येष्टिका…

Read More

सानो घटनामै सेना परिचालन गर्दा संस्थाको गरिमा घट्छ : मिराज ढुंगाना

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले हालै देशमा भएको साम्प्रदायिक तनाव र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सामान्य प्रकृतिका घटनामा अत्यधिक बल प्रयोग गर्ने तथा नेपाली सेनालाई समेत परिचालन गर्ने प्रवृत्तिले सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बन्न सक्ने टिप्पणी गरे। ढुंगानाले साम्प्रदायिक द्वन्द्वका क्रममा भएको घटनाले…

Read More

युगान्डाका फुटबल कप्तान डेभिड ओओरीको लुटेराको आक्रमणमा मृत्यु

काठमाडौं । युगान्डाका चर्चित फुटबलर तथा स्पोर्ट्स क्लब भिल्लाका कप्तान डेभिड ओओरीको लुटेराको आक्रमणमा मृत्यु भएको छ। २७ वर्षीय ओओरीमाथि राजधानी कम्पालामा आफ्नै घर नजिक आक्रमण भएको थियो। प्रहरीका अनुसार घर फर्किरहेका बेला लुटेराहरूको समूहले ओओरीलाई रोकेर मोबाइल फोन र अन्य सामान लुट्न खोजेको थियो। उनले प्रतिरोध गरेपछि आक्रमणकारीहरूले ढुंगाले निर्घात कुटपिट गरेका थिए। गम्भीर…

Read More

कृषि विकास बैंक लिमिटेडको नाफा प्रतिशत घट्यो

काठमाडौँ। खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिका कारण कृषि विकास बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.५२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म…

Read More

होटल सिराईचुली लिमिटेडले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा सर्वसाधारणका लागि आईपीओ…

Read More

एकैदिन तोलामा ८ हजार रुपैयाँ उकालो लाग्यो सुनको भाउ

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। एकैदिन प्रतितोला ८ हजार रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य २ लाख ९६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। यससँग तुलना गर्दा एकैदिन सुनको मूल्यमा ठूलो वृद्धि देखिएको हो। यस्तै,…

Read More

ललितपुरको ग्वार्कोमा बस दुर्घटना : एक जनाको मृत्यु, ६ जना घाइते

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बिहान करिब १०:३० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा…

Read More
Back To Top
Modern Footer Design