परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग न्युयोर्कमा द्विपक्षीय भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा भएको भेटमा नेपाल र पोर्चुगलबीच पछिल्लो समय विकसित हुँदै गएको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। भेटवार्ताका क्रममा दुवै पक्षले आपसी हित र चासोका विभिन्न क्षेत्रमा सहकार्यलाई थप…
