Nanglevare Nanglevare

आजको राशिफल

काठमाडौं । मिति वि.स.२०८३ साल साउन १९ गते, सोमबार श्रावण कृष्ण पञ्चमी तिथि आज श्रावण कृष्ण पञ्चमी तिथिका दिन अधिकांश राशिका व्यक्तिहरूका लागि धैर्य, विवेक र सकारात्मक सोचका साथ अघि बढ्दा सफलता प्राप्त हुने संकेत देखिएको छ। केही राशिका लागि आर्थिक लाभको सम्भावना रहे पनि खर्च व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखिन् मेष: आज आत्मविश्वास बढ्ने…

Read More

कांग्रेसको केन्द्रीय समिति बैठक साउन २४ गते बस्ने

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आगामी साउन २४ गते बस्ने निर्णय गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना हुनेछ। बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका आन्तरिक गतिविधि तथा…

Read More

नेपाली भूमि प्रवेश गरी भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, स्थानीयको विरोध

बुटवल। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेको छ। घटनापछि स्थानीयवासी र भारतीय सुरक्षाकर्मीबीच केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ। स्थानीयका अनुसार आइतबार दिउँसो करिब ३:३० बजे सादा पोसाकका करिब १५ जना तथा हतियारसहित अन्य सुरक्षाकर्मी गरी झन्डै ६० जनाको टोली नेपाली…

Read More

राष्ट्रिय भेलामा आफ्नो नाम जोडिएको भन्दै अपाङ्ग संघ अध्यक्ष चम्लागाईंको असहमति

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि हुने भनिएको ‘राष्ट्रिय भेला’को ५५१ सदस्यीय मूल आयोजक समितिमा आफ्नो नाम बिना जानकारी र सहमति समावेश गरिएको भन्दै आपत्ति जनाएका छन्। बिहीबार जारी अपिलमार्फत उनले उक्त भेलासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गर्दै पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने वा…

Read More

कप्तानगञ्ज घटनापछि सप्तरीमा कर्फ्यू हट्यो, निषेधाज्ञा भने यथावत

सप्तरी । कप्तानगञ्ज घटनापछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सप्तरीको राजविराज र बोदेबरसाईन नगरपालिका क्षेत्रमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यू हटाइएको छ। सुरक्षा अवस्थाको समीक्षा पश्चात् जिल्ला प्रशासन कार्यालयले कर्फ्यू हटाउने निर्णय गरेको जनाएको छ। यद्यपि, जिल्लामा शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले निषेधाज्ञा भने अझै कायम रहने प्रशासनले स्पष्ट पारेको छ। प्रमुख जिल्ला अधिकारी…

Read More

दीपमाला ढकालले जितिन् मिस नेपाल–२०२६ को ताज

काठमाडौं । मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले आफ्नो नाममा गरेकी छन्। शनिबार आयोजित प्रतियोगिताको भव्य अन्तिम चरणमा २४ प्रतिस्पर्धीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै उनले विजेताको ताज पहिरिन सफल भइन्। द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगितामा कसिस् सुब्बा मिस नेपाल कस्मो–२०२६ घोषित भइन् भने आर्या निशातले मिस नेपाल इन्टरनेसनल–२०२६ को उपाधि हात पारिन्। विजेता ढकाल हाल…

Read More

मनसुन सक्रिय, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेकाले आज पनि धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत अवस्थामै रहेको छ भने पूर्वतर्फ भने…

Read More

आजको राशिफल

काठमाडौं। आज मिति २०८३ साल साउन १७ गते, आइतबार (२ अगस्ट २०२६) आजको दिन अधिकांश राशिका लागि सकारात्मक ऊर्जा, नयाँ अवसर र जिम्मेवारीसँगै केही चुनौती पनि लिएर आएको ज्योतिषीय संकेत छ। महत्त्वपूर्ण निर्णय गर्दा हतार नगरी सोचविचार गरेर अघि बढ्नु उपयुक्त हुनेछ। परिवार, व्यवसाय, शिक्षा तथा रोजगारीका क्षेत्रमा संयम र परिश्रमले राम्रो परिणाम दिन सक्छ।…

Read More

सरकार र लघुवित्तपीडितबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । सरकार र लघुवित्त वित्तीय संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति बीच पाँचबुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा दुई दिनसम्म भएको वार्तापछि शुक्रबार दुवै पक्ष सहमतिमा पुगेका हुन्। सहमतिअनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलले २०८१ साउन २२ गते बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि १५ दिनभित्र अर्थ मन्त्रालयले आवश्यक सिफारिस गर्नेछ। यस्तै,…

Read More

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा दक्षिण र पूर्वतर्फ औसत स्थानकै आसपास रहेको छ। हाल लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका अन्य अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।…

Read More
Back To Top
Modern Footer Design