सहिद परिवार र घाइतेको न्यायबारे सरकारसँग रास्वपा सांसद खतिवडाको प्रश्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले सहिद परिवार तथा घाइतेहरूको न्याय र उनीहरूप्रतिको राज्यको जिम्मेवारीबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले परिवर्तनका लागि ज्यान गुमाएका सहिदका परिवार र आन्दोलनमा घाइते भएकाहरू अझै पनि न्यायको प्रतीक्षामा रहनुपर्ने अवस्था रहेको बताइन्। सहिद परिवारले उठाएका प्रश्नको जवाफ सरकारले दिनुपर्ने उनको भनाइ थियो।…
