श्रीमतीको सारीदेखि बच्चाको स्कुल शुल्कसम्मका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गरौँ
काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेपाली नागरिक सामान्य आवश्यकता पूरा गर्नकै लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारी र आर्थिक अवसर सिर्जना गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले रोजगारी, लगानी र आर्थिक गतिविधि बढाउन राज्यको नीति तथा विकासको वर्तमान ढाँचामै पुनर्विचार आवश्यक रहेको बताए। अर्यालले वैदेशिक रोजगारीलाई विदेश जाने युवाको संख्याका रूपमा मात्र…
