प्रचण्ड नेतृत्व छाड्ने पक्षमा छैनन्, नेकपाको मंसिर महाधिवेशन अन्योलमा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आगामी मंसिरमा गर्ने भनिएको एकता महाधिवेशन अन्योलमा परेको छ। पार्टीभित्र वैचारिक, सैद्धान्तिक र सांगठनिक विवाद कायमै रहनुका साथै निर्धारित कार्यतालिकाअनुसार तल्ला तहका अधिवेशनसमेत अघि बढ्न नसकेपछि महाधिवेशन तोकिएको मितिमा हुनेमा आशंका बढेको हो। नेकपाको केन्द्रीय संयोजन समितिले मंसिर ११ देखि १५ गतेसम्म एकता महाधिवेशन गर्ने कार्यतालिका यसअघि अनुमोदन गरेको…
