विपद्को चोटले खल्लो बनायो यसपालिको तीज
काठमाडौं । भदौ लागेसँगै सामान्यतया नेपाली समाजमा तीजको रौनक सुरु हुन्थ्यो। रातो पहिरनमा सजिएका महिला, तीजका गीत, दर खाने कार्यक्रम र भेटघाटले घरदेखि बजारसम्म चहलपहल बढ्थ्यो। तर यस वर्ष भने तीजको त्यो उल्लासमा विपद्को पीडा मिसिएको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि त्यसको असर धेरै परिवारको चाडपर्वसम्म पुगेको…
