Nanglevare Nanglevare

र्जेन्टिनालाई पराजित गर्दै स्पेन १६ वर्षपछि विश्वकप च्याम्पियन

अमेरिका । स्पेनले अर्जेन्टिनामाथि १–० को कठिन जित निकाल्दै फिफा विश्वकप २०२६ को उपाधि आफ्नो नाममा गरेको छ। अमेरिकाको न्यु जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोल नै स्पेनको जितको आधार बन्यो। निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका…

Read More

खोटाङमा दुई स्थानको बाढीमा परी दुई जनाको ज्यान गयो

खोटाङ । खोटाङका दुई छुट्टाछुट्टै स्थानमा आएको बाढीमा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा माम्खाकी ४३ वर्षीया शान्ता राई छाँगे खोलामा आएको बाढीमा बगेर बेपत्ता भएकी थिइन्। शनिबार दिउँसो घरबाट निस्किएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्। खोजीका क्रममा शनिबार राति उनको शव खोलामा फेला परेको प्रहरीले…

Read More

गोली प्रहारपछि दुई लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौँ । प्रहरीले काठमाडौंको कुलेश्वर क्षेत्रमा गोली प्रहार गरी दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार कुलेश्वर पुल नजिक उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा दुई राउन्ड गोली चलाएको थियो। गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। ब्युरोका एक अधिकारीका अनुसार लागुऔषध…

Read More

परिभाषा, नीति र दिशाविहीन राजनीति भइरहेको छ: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्था परिभाषा, नीति, दिशा र थितिविहीन बन्दै गएको टिप्पणी गरेका छन्। आइतबार पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधान, कानुन र संसदीय प्रक्रियाअनुसार अघि बढ्नुपर्ने भए पनि अहिलेको सरकारको सुरुआत नै षड्यन्त्र, हिंसा र मानवीय क्षतिसँग जोडिएको आरोप लगाए।…

Read More

कांग्रेसमा युवा सहभागिता बढाउन संरचनात्मक सुधार गरिएको छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवाको सहभागिता बढाउने उद्देश्यले संगठनात्मक संरचनामै सुधार गरिएको बताएका छन्। आइतबार ४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिए। उनका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था…

Read More

सुन र चाँदी मूल्य महँगियो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार…

Read More

फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा तेस्रो स्थान कब्जा गर्‍यो

अमेरिका ।फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ गोलअन्तरले हराउँदै इंग्ल्यान्डले प्रतियोगिताको तेस्रो स्थान सुरक्षित गरेको छ। आइतबार बिहान मियामी स्टेडियममा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले आक्रामक खेल प्रदर्शन गर्दै प्रभावशाली जित निकालेको हो। इंग्ल्यान्डको जितमा बुकायो शाका नायक बने। उनले दुई गोल पहिलो हाफमा र अर्को गोल ८७औँ मिनेटमा पेनाल्टीमार्फत गर्दै…

Read More

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही माथि नेपालको तराई क्षेत्र आसपास र पूर्वतर्फ औसत स्थानकै हाराहारीमा रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी…

Read More

आजको राशिफल

काठमाडौं । आज वि.सं. २०८३ साल साउन ३ गते आइतबार परेको छ। आज शुक्ल पक्षको तृतीया तिथि रहेको छ। ज्योतिषीय गणनाअनुसार आज चन्द्रमाको प्रभावले अधिकांश राशिका व्यक्तिमा आत्मविश्वास बढ्ने, कार्यक्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुने तथा पारिवारिक सहयोग मिल्ने संकेत देखिएको छ। केही राशिका लागि आर्थिक लाभको योग रहेको छ भने केही राशिले स्वास्थ्य र खर्च…

Read More

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

पर्वत । पर्वतको कुश्मा नगरपालिका–९ मा शनिबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार दिउँसो करिब साढे २ बजे दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत एकोहोरोपाखामा दुर्घटना भएको हो। कुश्माबाट साइकल चोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर…

Read More
Back To Top
Modern Footer Design