Nanglevare Nanglevare

करेन्ट लागेर मृत्यु भएको आशङ्का गरिएको ‘रोनाल्डो’ हात्तीको अन्त्येष्टि

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ। करिब ५३ वर्षको रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत भेटिएको थियो। पोस्टमार्टमका क्रममा उसको मुखमा विद्युत्को तार भेटिएपछि करेन्ट लागेका कारण मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ। यद्यपि, मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्र पुष्टि हुने…

Read More

आज संविधान दिवस मनाइँदै

काठमाडौं । नेपालमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ। संविधान दिवसका अवसरमा संघीय राजधानी काठमाडौंसहित देशभर विभिन्न औपचारिक तथा विविध कार्यक्रम आयोजना हुँदैछन्। दिवसको मुख्य समारोहमा राष्ट्रपति, उपराष्ट्रपति,…

Read More

भन्सार छली ल्याइएका १७ लाख ५६ हजार रुपैयाँभन्दा बढीका सामान बरामद

काठमाडौँ। सशस्त्र प्रहरीको नियमित गस्ती टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याएर राखिएका करिब १७ लाख ५६ हजार रुपैयाँ बराबरका मोबाइल पार्ट्स र कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको हो। भारतबाट भन्सार नतिरी ल्याइएका ती सामान छाडेर दुई जना व्यक्ति फरार…

Read More

तीन प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव

काठमाडौं । नेपालमा हाल मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभरको मौसममा बदली देखिएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार शनिबार बिहान कोशी, बागमती र गण्डकी…

Read More

आजको राशिफल

काठमाडौं । आजको दिन १२ वटै राशिका लागि कार्यक्षेत्र, आर्थिक अवस्था, पारिवारिक सम्बन्ध र स्वास्थ्यका दृष्टिले फरक–फरक रहने ज्योतिषीय मान्यता छ। हेर्नुहोस्, तपाईंको आजको राशिफल। मेष: मेहनतबाट सफलता मिल्नेछ। आर्थिक क्षेत्रमा सुधारको सम्भावना छ। परिवारको साथ मिल्नेछ। वृष: रोकिएका काम अघि बढ्नेछन्। खर्चमा सावधानी अपनाउनुहोस्। पारिवारिक वातावरण सुखद रहनेछ। मिथुन: अध्ययन र कार्यक्षेत्रमा प्रगति हुनेछ।…

Read More

चाडपर्वपछि सरकारविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व सकिएलगत्तै सरकारका गलत कदमविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन्। शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद्‌भित्र प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने र सडकमा किसान, मजदुर, विद्यार्थी, सुकुम्बासी तथा ट्रेड युनियनलाई समेटेर संयुक्त मोर्चा निर्माण…

Read More

सेयर बजार २२ अंकले उकालो, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से २२ दशमलव ८५ अंकले बढेको छ। बजार परिसूचक बढेसँगै नेप्से २ हजार ६ सय ४७ अंकमा पुगेको छ। बजारमा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको…

Read More

रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा

काठमाडाैँ । जनकपुरधामस्थित ऐतिहासिक रामजानकी मन्दिरलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने नेपालको लक्ष्यअनुसार सरकारले यस्तो निर्णय गरेको हो। २ असोज, काठमाडौं । सरकारले प्राचीन संरक्षण ऐन, २०१३ को व्यवस्था टेकेर रामजानकी मन्दिर तथा त्यस आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा…

Read More

धनुषाका ३८८ परिवारले पाए करिब ९ वर्षपछि लालपुर्जा

काठमाडाैँ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूको जग्गा स्वामित्व अब औपचारिक रूपमा स्थापित भएको छ। २ असोज, धनुषा । साविक रमदैया भवाडी गाविसका वडा नम्बर २, ३, ४, ६, ७ र ८ अन्तर्गत पर्ने…

Read More

सुनको मूल्य एकैदिन ३६ सयले उकालो, चाँदी पनि बढ्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार यसको मूल्य २ लाख ९९ हजार ५ सय…

Read More
Back To Top
Modern Footer Design