Nanglevare Nanglevare

राष्ट्र बैंकको स्वायत्ततामाथि प्रश्न, ऐन संशोधनका प्रावधानले बढायो चिन्ता

काठमडाैँ । नेपालको मौद्रिक तथा वित्तीय प्रणालीको नियामक निकाय नेपाल राष्ट्र बैंकको संस्थागत स्वतन्त्रताबारे फेरि बहस सुरु भएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनका क्रममा प्रतिनिधि सभाको अर्थ समितिबाट अघि सारिएका केही प्रावधानले केन्द्रीय बैंकको निर्णय क्षमता र नेतृत्वको स्वायत्ततामाथि प्रश्न उठाएको छ। विशेषगरी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समितिका सदस्यको कार्यकाल, पदका लागि…

Read More

डिभाइडरमा तीव्र गतिमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ मा शुक्रबार बिहान भएको दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २६ वर्षीय सन्दीप राई घाइते भएका छन्। प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा…

Read More

साउदीलाई एफ–३५ लडाकु विमान बेच्ने अमेरिकी योजनामाथि किन उठ्यो प्रश्न?

काठमाडौं । अमेरिकाले साउदी अरेबियालाई अत्याधुनिक एफ–३५ लडाकु विमान बिक्री गर्ने योजना अघि सारेपछि त्यसलाई लिएर अमेरिकी राजनीतिमा बहस सुरु भएको छ। अमेरिकी प्रशासनले करिब ५० वटा विमान बिक्रीलाई स्वीकृति दिएको जनाएको छ। प्रस्तावित सम्झौताको मूल्य करिब २४ अर्ब अमेरिकी डलर रहेको छ। एफ–३५ स्टिल्थ प्रविधियुक्त अत्याधुनिक लडाकु विमान हो। यसले शत्रुको राडारमा सहजै पहिचान…

Read More

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी सम्झँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेतामध्येका एक तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज २९औँ स्मृति दिवस मनाइँदै छ। सिंहको योगदानको स्मरण गर्दै नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। गणेशमान सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो। विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहले…

Read More

देशभर मनसुन र पश्चिमी वायुको प्रभाव, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम…

Read More

आजको राशिफल

काठमाडौं । आज शुक्रबारको राशिफलमा १२ वटै राशिका व्यक्तिका लागि दैनिक भविष्यफल प्रस्तुत गरिएको छ। मेषदेखि मीन राशिसम्म आजको दिन प्रेम, करियर, आर्थिक अवस्था र पारिवारिक जीवनमा कस्तो प्रभाव पर्न सक्छ भन्ने ज्योतिषीय विवरण यहाँ समेटिएको छ। मेष राशि: आज नयाँ कामको योजना बनाउन सकिनेछ। कार्यक्षेत्रमा मेहनतअनुसार प्रगति हुने सम्भावना छ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला।…

Read More

महाधिवेशन स्थगित गरेर सहमतिको पहल गर्न गगन थापालाई पूर्णबहादुर खड्काको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्न सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गर्न आग्रह गरेका छन् । खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै महाधिवेशनको प्रक्रिया केही समय रोकेर पार्टीका सबै पक्षसँग संवाद र सहमतिको प्रयास अघि बढाउन सुझाव दिएका…

Read More

अमेरिकालाई चुनौती दिँदै क्यानडा–युरोप नजिकिँदै, ट्रम्पको चेतावनी

काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोप र क्यानडा एकसाथ हुँदा दुवै पक्ष थप बलियो हुने बताएका छन्। युरोपेली संसद्मा सम्बोधन गर्दै कार्नीले क्यानडा र युरोपबीचको सम्बन्धलाई थप मजबुत बनाउने पक्षमा जोड दिएका हुन्। कार्नीले युरोपेली संघसँग ‘विशेष किसिमको गठबन्धन’ निर्माण गर्न आफू इच्छुक रहेको बताएका छन्। यसअघि युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयनले…

Read More

‘द ग्रे जोनको समाचारबारे रवि र बालेनले जवाफ दिनुपर्छ’

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले अमेरिकी अनलाइन सञ्चारमाध्यम ‘द ग्रे जोन’मा प्रकाशित समाचारबारे रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा अन्य सम्बन्धित व्यक्तिले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले गत वर्ष भदौ तेइस र चौबीस गते भएका हिंसात्मक तथा विध्वंसात्मक घटनासँगै रास्वपा सभापति र प्रधानमन्त्रीको राजनीतिक उदयबारे ‘द ग्रे जोन’ले…

Read More

मेलम्चीका पीडित र स्थानीय भेन्डर्सका माग सम्बोधन गर्न सरकारसँग दुलालको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय तथा भेन्डर्सका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दुलालले पीडित तथा स्थानीय भेन्डर्सले पुनः आन्दोलन घोषणा गरेको जानकारी गराउँदै त्यसका कारण मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित हुन सक्ने बताएका हुन्। उनका अनुसार…

Read More
Back To Top
Modern Footer Design