Nanglevare Nanglevare

न्युजिल्यान्ड र पोर्चुगल पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–१० मा बस्दै आएका रूपन्देहीका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ मा बस्ने ओखलढुंगाका २९ वर्षीय सुरेश घिमिरे रहेका छन्। उनीहरूलाई शुक्रबार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राजकुमार भण्डारीले न्युजिल्यान्ड पठाइदिने आश्वासन दिएर दुई जना पीडितबाट ३ लाख रुपैयाँ असुलेका थिए। त्यसैगरी सुरेश घिमिरेले…

Read More

सांसदका स्वकीय सुविधा पुनर्बहालीको निर्णयविरुद्ध जेनजी अभियानको विरोध प्रदर्शन

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिवको सुविधा पुनः उपलब्ध गराउने सरकारको निर्णयको विरोधमा राष्ट्रिय जेनजी नागरिक अभियानले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। अभियानले जेनजी आन्दोलनको मूल भावना र उद्देश्यविपरीत सरकारले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गरेको भन्दै उक्त निर्णय फिर्ता लिन माग गरेको हो। जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले २०८२ साल कात्तिक १२…

Read More

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना हेटौँडाबाट पक्राउ

हेटौँडा ।मकवानपुर प्रहरीले अनलाइन ठगीको आरोपमा तीन भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जना भारतीय नागरिक र एक जना हेटौँडास्थित होटल सञ्चालक रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाको संयुक्त टोलीले भारतको पटना घर भएका २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज सरकार…

Read More

आज हरिशयनी एकादशी स् तुलसी सार्ने परम्परासँगै चतुर्मास व्रत सुरु

काठमाडौँ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका अवसरमा मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यस दिन घर–घरमा एक महिनाअघि रोपिएको तुलसीको बिरुवा तुलसी मोठमा सार्ने परम्परा रहेको छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म चार महिनासम्म तुलसीको विशेष पूजा–आराधना गरिन्छ। धर्मशास्त्रविद् तथा नेपाल…

Read More

गण्डकी, लुम्बिनी र कर्णालीका केही क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि सक्रिय रहने जनाएको छ। विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको हो। विभागका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतर्फ औसतभन्दा केही उत्तर र…

Read More

आजको राशिफल

काठमाडौं । आज वि।सं। २०८३ साल साउन ९ गते, शनिबार। चन्द्रमा आज तुला राशिमा गोचर गरिरहेकाले विभिन्न राशिका व्यक्तिहरूको दैनिक जीवनमा फरक–फरक प्रभाव पर्ने ज्योतिषविद्हरूले बताएका छन्। कसैका लागि नयाँ अवसर प्राप्त हुने संकेत देखिएको छ भने केही राशिका व्यक्तिले खर्च, विवाद वा स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने देखिन्छ। मेष चु, चे, चो, ला, लि, लु,…

Read More

नुषामा हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

धनुषा । धनुषामा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले शुक्रबार धनुषाको मिथिला नगरपालिका–६ क्षेत्रमा विशेष अपरेशन सञ्चालन गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाका २८ वर्षीय सन्तोषकुमार महतो र ४५ वर्षीय…

Read More

बजेटमा घोषणा गरिएका आर्थिक सुधारका कानुनी तथा नीतिगत सुधारलाई तीव्र रूपमा कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी विषयलाई ढिलाइ नगरी ‘मिसन मोड’मा कार्यान्वयन गर्नुपर्ने बताएका छन्। आर्थिक वर्ष २०८३-८४ को बजेट कार्यान्वयनसँग सम्बन्धित उद्योग मन्त्रालयअन्तर्गतका सुधार कार्यक्रमबारे बिहीबार मन्त्रालयमा आयोजित छलफलमा उनले सम्बन्धित मन्त्रालयहरूले स्पष्ट कार्ययोजना बनाएर निर्धारित समयमै काम अघि बढाउनुपर्नेमा जोड दिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री…

Read More

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेको हो। महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९१ हजार…

Read More

सडक सुरक्षा सबैको साझा जिम्मेवारी: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा सुनिश्चित गर्ने दायित्व प्रहरीको मात्र नभई सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजसहित सबै पक्षको साझा जिम्मेवारी भएको बताएका छन्। शुक्रबार काठमाडौँस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सडक सुरक्षामा सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वय अपरिहार्य…

Read More
Back To Top
Modern Footer Design