आज केही प्रदेशमा भारी वर्षाको चेतावनी, बाढीपहिरोको जोखिम बढ्न सक्ने
काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर अवस्थामै रहेको छ। हाल कोशी प्रदेशको तराई क्षेत्रमा अधिकांश स्थानमा मौसम सफा भए पनि अन्य भूभागमा सामान्यदेखि पूर्ण…
