प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघसँग आज छलफल गर्दै
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघका पदाधिकारीसँग भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम रहेको छ। केही बेरमा सुरु हुने बैठकमा महिला उद्यमशीलताको विकास, उद्योग–व्यवसायमा महिलाको सहभागिता बढाउने उपाय, उद्यम प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्यका विषयमा विस्तृत छलफल हुने जनाइएको छ। बैठकमा महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना…
